Salime Malika Krishi Farm

Awareness Campaign

दोस्रो मुसिकोट महोत्सवमा आज (बिहिबार) चर्चित गायिका एलिना चौहान आउने



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: ‌गुल्मीको मुसिकोट नगरपालिका-७, वामीटक्सारमा जारी दोस्रो मुसिकोट महोत्सवको सातौँ दिन (पौष १८ गते) आज चर्चित गायिका एलिना चौहान आउने भएकी छिन्। मेलामा उनि संगै गायक हरि खत्री, हास्य कलाकार विष्णु पाण्डेय ‘माइला बा’ र मोडल तथा डान्सर ललिता पाइजाको पनि प्रस्तुति रहने बताइएको छ।

‘कट्टा हान्दिन्छु’, ‘धोकेबाज हौ तिमी’ आदि थुप्रै चर्चित गीतकी गायिका चौहान पहिलोपटक गुल्मीको मुसिकोट आउने भएकी हुन्। २१ गतेसम्म सञ्चालन हुने महोत्सवमा गायिका ज्योति मगर, गायक दुर्गेश थापाको पनि आगमन हुने बताइएको छ।

गुल्मी मुसिकोट उद्योग वाणिज्य संघद्वारा आयोजित दोस्रो मुसिकोट कृषि, पर्यटन, खेलकुद, सांस्कृतिक, औद्योगिक एवं व्यापार महोत्सव-२०८१ मा २ लाख पुरस्कार राशिको भलिबल खेल, मुसिकोट लोक गायन र नृत्य आइडल आदि प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भइसकेका छन्।

सिंचाई
Forest
Ad.

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो