Smoking Causes Cancer

केपी ओलीले जवाफ नदिए मिसन ८४ पतन हुन्छ: भीम रावल



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

काठमाडौं: नेकपा एमालेको संगठित सदस्यसमेत नरहने गरी कारबाहीमा परेका पूर्वउपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना प्रश्नको जवाफ नदिए मिसन ०८४ पतन हुने दाबी गरेका छन्।

बुधबार काठमाडौंमा जारी पत्रकार सम्मेलनमा उनले आफूले सोधेका प्रश्नको जवाफ नदिए एमालेको मिसन ०८४ पतन हुने दाबी गरेका हुन् ।

‘पार्टीलाई किन विकृतिमा धकेल्नुभयो । पार्टीपंक्ति कुबाटो र दुषित ठाउँमा धकेल्नुभयो,’ एमाले अध्यक्ष ओलीलाई प्रश्न गर्दै रावलले भने, ‘आफूले सोधेको स्पष्टीकरणको जवाफ नदिए मिसन ०८४ पतन हुने छ ।’

सिंचाई
Forest
Ad.

रावलले अध्यक्ष ओलीलाई गुठी विधेयकमा प्रश्न उठेपछि पछाडि फर्किएको तत्कालीन अवस्थाको पनि स्मरण गराए ।

‘गुठी विधेयक ल्याएर प्रश्न उठेपछि पछि हटेको होइन ?,’ उनले प्रश्न गर्दै भने, ‘होलीवाइन पिएर के के गर्नुभएछ सम्झिनुहोस् । कथित संसद् अवरोध गरेको कुरा सम्झिनुहोस् ।’

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो