गुल्मी , पुस १५ । नेपाली सेना , राष्ट्रिय सेवा दलको एनसीसी ट्रेनिङ्गमा तिन प्रदेशमा उत्कृष्ट भई चार स्वर्ण पदक जित्न सफल गुल्मीको मदाने गाउँपालिका स्तरिय्य राष्ट्रपलि रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि पनि वडा नम्बर – २ बाझकटेरि मेघगङ्गा माविले नै चुम्न सफल भएको छ ।
मदाने गाउँपालिकाले आयोजना गरेको पाचौ पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ९ स्वर्ण, ७ रजत र ४ कास्य गरि कुल २० पदक सहित मेघगङ्गा माध्यमिक विद्यालय मदाने गाउँपालिका २ ले यस बर्षको गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी चुम्न सफल भएको हो ।
त्यस्तै ७ स्वर्ण ५ रजत र ६ कास्य गरि कुल १८ पदक सहित पृथ्वी माध्यमिक विद्यालय मदाने गाउँपालिका ६ पुर्कोटह द्वितीय भएको छ भने र६ स्वर्ण २ रजत र ६ कास्य गरि कुल १४ पदक सहित मेहले पोखरि माध्यमिक विद्यालय मदाने गाउँपालिका ४ तृतीय भएको छ ।
उप्त प्रतियोगिता मदाने गाउँपालिका १ अग्लिङ्ग्मा भएको थियो । प्रतियोगिताको त्यस गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुवरले उद्घाटन गरेका थिए ।
समापनसमारोहलाई सम्बोधन गर्दै मदाने गाउँपालिकाका १ का वडा अध्यक्ष सुशील चन्दले विद्यार्थीको पढाईको अलवा व्यवहारिक शिक्षा र खेलकुद सहित अतिरिक्त कृयाक्लाव अनिवार्य भईसकेकोले विधार्थिहरु घोकन्ते बिधा ब्बाट माथी उठ्नु पर्नेमा जोड दिएका थिए ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








