प्रेम सुनार
गुल्मी, १५ पुस । गुल्मीको धुर्कोट गाउँपालिका –५ वस्तु स्थित हिमालय माध्यामि बिद्यालयका प्रधानध्यापक कृष्णप्रसाद भण्डारी माध्यामिक तह प्रथम श्रेणीको शिक्षकमा बढुवा भएका छन ।
उनको बढुवा संगै यो तहको शिक्षक धुर्कोट गाउँपालिकामा भण्डारी पहिलो हुन् । शिक्षक सेवा आयोग, शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेश दाङ्ग देउखुरीले आज पुस १५ गते बिहान सार्वजानिक गरेको कार्य सम्पादन मुल्याङनका आधारमा शिक्षक बढुवाको प्रकाशित सुचना अनुसार गुल्मीका भण्डारीले ९६.२० अंक ल्याई माध्यामिक तह प्रथम श्रेणीमा उतिर्ण भई बढुवा भएका हुन् ।
गुल्मीमा माध्यामिक तह प्रथम श्रेणी तहका शिक्षकको दरबन्दी पाँच जनाको रहेको छ । जस मध्ये एक दरबन्दी रिक्त रहेकोमा भण्डारीको नियुक्तीले उक्त पदपुर्ति भएको छ । वस्तु घर भएका शिक्षक भण्डारी २०४५ साल देखि अस्थाई अध्यापन पेशा सुरु गरेका थिए । मुसिकोट नगरपालिका ५ आाँपचौर स्थित दुर्गा भवन माविमा २०४५ सालमा अस्थाई शिक्षकका रुपमा अध्यापन गराउन सुरु गरेका भण्डारी २०४७ साल देखि वस्तुकै हिमालय उच्च माविमा अध्यापन गराउन सुरु गरेका थिए ।
२०६० सालमा शिधै माध्यामिक तहको स्थायी शिक्षकमा नियुक्ती भएका भण्डारी २०६७ सालमा माध्यामिक तह द्धृतिय तहको शिक्षकमा बढुवा भएका थिए । एमएड प्रथम श्रेणी उतिर्ण भण्डारी करिव ५ बर्ष धुर्कोट पर्मानन्द भण्डारी बहुमुखी क्याम्सको क्याम्पस प्रमुख रहेर त्यस क्याम्पसको संस्थागत विकासमा उल्लेखिय टेवा पुराएका भण्डारी त्यस पछि हिमालय मावि वस्तुको प्रधानध्यापकको जिम्मेवारी सम्हाल्दै आएका छन ।
आफु अध्यात्मिक भए पनि ब्यक्ती र उसको संस्कार अनुसार उदार स्वभावका भण्डारी ईतिहासका कुरामा गहिरो दखल राख्छन । माध्यामिक तह प्रथम श्रेणी नेपाल सरकारको सह–सचिव सो सरहको पद हो ।जुन पद÷ ओहदा जिल्लाको सिडिओ सरहको मानिन्छ । यस पदमा महेन्द्र नमुना माध्याकि बिद्यालय तम्घासका शिक्षक युवराज ज्ञवाली , महेन्द्र आदर्श मावि वामीटक्सारका शिक्षक देविरा शर्मा, जिवन उद्धार मावि पुर्तिघाटका शिक्षक अग्निधर पराजुली र गोपाल पराजुली आशिन छन ।
गत ६ महिना अघि माध्याकि तह प्रथम श्रेणीका शिक्षक चारपाला निवासी नरेन्द्र शर्माले रुन्खादह मावि बिरबासबाट अवकास लिए पछि गुल्मीमा एक पद खाली भएको हो ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










