Salime Malika Krishi Farm

Awareness Campaign

सहकारीको अरबौँ रकम अपचलन गर्ने कांग्रेस एमाले, दोष सबै बोक्ने रवि लामिछाने?: बुद्धि जिसी



ओझेलका खबर
१ वर्ष अगाडि


Awareness

Place for ads

१३ पुस गुल्मी । नेकपा माओवादी केन्द्रका युवा नेता बुद्धि जिसीले सहकारीको अरबौ रकम कांग्रेस एमालेका नेताहरुले अपचलन गरेको र त्यसको सबै दोष रवि लामिछानेलाई थोपर्दै आफुहरु पानी माथीको ओभान हुने खेलमा अहिलेको सरकार लागेको आरोप लगाएका छन ।

शनिबार माओवादी केन्द्र गुल्मीको चन्द्रकोट गाउँपालिका ८ को मजुवामा आयोजित वडा अधिवेशलाई सम्बोधन गर्दै नेता जिसीले यस्तो आरोप लगाएका हुन ।

नेता जिसी भने –‘रवि लामिछाने गोरखा मिडियामा एमडी रहेको बेला अपचलन भएको भनिएको जम्मा ६५ करोड हो । तर झण्डै एक खरब सहकारीको रकम अपचलन भएको छ । यति ठुलो रकम अपचलन गर्ने सत्तारुढ दलमै रहेका कांग्रेस , एमालेकै नेताहरु रहेका छन । धनराज गुरुङ्गको नाम पनि संसदिय छानविन समितिले सार्वाजानिक गरेको कार्बाहीको सुचि मै छ ।

सिंचाई
Forest
Ad.

एमाले बाट विजयी मोरङ्गका सांसद तथा सार्वजानिक लेखा समितिका सभापति ऋषिराम पोख्रेलकी श्रीमतिको नाम पनि सहकारी ठगीमा छ । तर खै उनिहरुलाई समातेको ? तर यहाँ त गरिदै छ, पारिदै छ कि सहकारीको सबै रकम रवि लामिछानेले खायो , सक्यो।’

उनको आरोप थियो यो सरकार जनतालाई सुशासन र विकास दिन बनेको होईन, दलाल , ठग र भ्रष्टहरुलाई बचाउन र उनिहरुको लुटतन्त्रलाई संरक्षण गर्न बनेको सरकार हो ।
पुर्व प्रधानमन्त्री प्रचण्डका जनसम्पर्कविद समेत रहेका जिसीले प्रचण्ड सरकाले बेचैन झा र प्रतिक थापालाई समात्न बित्तिकै अब आफुहरुको पनि समातिने पालो आउने डरले मध्ये रातमा बिचौलिायको घरमा बसेर कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले सहमति गरेर सरकार बनाएको आरोप लगाए ।

त्यस रात उनिहरु दुई जनाले गरेको सता बुँदे सहमतिमा के छ भन्ने कुरा अहिले सम्म नेपाली जनताले थाह पाउन सकेका छैनन् , किन ? उनले यस्तो प्रति प्रश्न गरे ।

प्रचण्ड सरकारको सुशासन र विकास सग अत्तालिएर बनेको सरकारले जनतालाई विकास र सुशासन कसरी दिने भन्दा पनि कसरी सरकार टिकाउने भन्ने ध्याउनमै लागेको जिसीले आरोप लगाए ।
उनले वडा नम्बर ८ तुराङ्गको माथील्लो वस्ती विकासमा सधै पछाडी परेको भन्दै अब बन्ने नयाँ कमिटीले त्यहाँका हरेक समस्या लेखेर पठाओस , त्यो सबै पार्टीले समधान गर्ने नेता जिसीले आश्वासन दिए ।

Awareness by SKF

त्यस क्रममा नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरि दर्जनौ युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन । यो समाचार तयार पार्ने बेला सम्म स्थानीय नेता भिम रानाले अधिवेशनमा प्रतिवेदन पेश गर्दै छन । उद्घाटन समारोह सकिए लगत्तै बन्द सत्रले नयाँ कमिटी चयन गर्ने सो पार्टीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो