प्रेम सुनार
गुल्मी ११ पुस । बिहीवार साझ गुल्मीको मजुवा चोरकाटे सडक खण्डनमा स्कुटर दुर्घटना हुँदा गुल्मीका दुई जना युवकको मृत्यु भएको छ ।
जिल्लाको जोहाङ्ग प्राथमिक उपचार केन्द्रका अध्यक्ष तथा सत्यवति गाउँपालिका – ६ का वडाध्यक्ष बिष्णु प्रसाद भण्डारीले चन्द्रकोट गाउँपालिका – ७ मा पर्ने सिस्नेखोलाको सडकमा मजुवा बाट जोहाङ्ग तर्फ जादै गरेको लु १७ प १६४४ नम्बरको स्कुटर दुर्घटना हुँदा गम्भिर अबस्थामा ल्याईएका दुई जनको मृत्यु भएको त्यहाँका डाक्टर प्रभातकिरण न्यौपानेले घोषणा गरेको जानकारी दिए ।
घटना स्थलमा पुगेका चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्रीले दुर्घटना स्थलबाट आफुहरुले दुई जनाको शव निकालेर जोहाङ्ग अस्पतालमा ल्याएको र उनिहरु च्स्न्द्रकोटका बासिन्दा भएको बताए ।
उनका अनुसार ति चन्द्रकोट गाउँपालिका – ६ हरेवाका अन्दाजी ३८ किरण गलामि मगर र अन्दाजी ३२ बर्षिय बिनोद सुनार हुन ।
उप्त दुर्घटना भएको र घाईतेलाई जोहाङ्ग अस्पताल सम्म पुराएको जानकारी आएको भए पनि डाक्टरले मृत घोषणा गरेको जानकारी नआए सम्म आफुले मृत्युको पुष्टि गर्न नसक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भुपेन्द्र थापाले बताए ।
गुल्मी उधोग बाणिज्य संघ मजुवा शाखाका अध्यक्ष लक्ष्मीप्रसाद गौतमले पनि स्कुटि दुर्घटनामा परेका दुई जनाको शव जोहाङ्ग अस्पतालमा पठाएर आफुहरु फर्केको बताए ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |