Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा पहिलो जिपलाईन पर्यटकिय गन्तव्य छत्रकोटमा



प्रेम सुनार
१ वर्ष अगाडि


Awareness

Place for ads

१० पुस , गुल्मी: गुल्मीको   छत्रकोट गाउँपालिका   जिपलाईन  सहितको  पहिलो  र  एक  मात्र   आकर्षक पर्यटकीय गन्तव्य स्थल  बन्न  पुगेको  छ।

छत्रकोट गाउँपालिका-३, चोयागास्थित छत्रदेवालय मन्दिर परिसरमा स्टेशन भई सोही वडाको लुम्छा बजार नजिकै टापुको देवी भगवती मन्दिर परिसरमा ल्याण्ड गरिने गरि संचालनमा  आउन  थालेको  नवनुर्मित जिपलाईन  गुल्मी जिल्लाको  पहिलो  जिपलाईन  हो  ।

नवनिर्मित जिपलाईनको सफल परिक्षण भईसकेको छ । व्यवसायिक रुपमा सञ्चालन गर्न आगमी शुक्रबार जिपलाईनको जिल्ला व्यापी जनप्रतिनिधी र कर्मचारीहरुले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सिंचाई
Forest
Ad.

बुधबार छत्रकोट गाउँपालिकाले पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी यस बारे जानकारी गराएको हो। जिपलाईन दुई टावर बिचको सोझो दुरी ९६० मिटर रहेको छ भने यसको जिकज्याक सहितको लम्बाई १ हजार ८० मिटर रहेको छ ।

लुम्बिनी प्रदेश सरकार र छत्रकोट गाउँपालिकाको समपुरक बजेटबाट १ करोड ३७ लाख ४५ हजार १७७ रुपैयाँ लागतमा स्टुमेट भए पनि ठेक्का सम्झौता ८६ लाख ७३ हजार १४४ रुपैयाँमा जिपलाईन सम्पन्न भएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए ।

२०८० चैत्र २७ गते सानुदेवि कण्टक्सन प्रालि संग २०८२ जेठ ३० गते सम्पन्न गर्ने सम्झौता भएकोमा त्यस अघि नै त्यस कन्ट्रक्सनले सम्पन्न गरी पालिकालाई हस्तान्तरण गर्न लागेको त्यस पालिकाका प्रमुख प्रशासकिय अधिकृत रुद्रहरि पुरिले जानकारी दिए ।

जिपलाईनको औषत गति ब्यक्तिको तौल अनुसार प्रति सेकेण्ड १५ देखि २० मिटर रहेको छ । सुरु स्टेशन देखि ल्याण्डिङ्ग स्थल सम्म पुग्न ५५ देखि ७७ सेकेण्ड लाग्ने गर्दछ ।
औषतमा एक मिनेट भित्रमा पुग्न सकिन्छ । नगरकोट जिपलाईन प्रा.लि.का दुई जना दक्ष प्राविधिकद्धारा स्थानीयबासी ३ जना र २ जना त्यस पालिकाका नगर प्रहरी सहित ५ जनालाई तालिम दिई जिपलाईनको नियमित सञ्चालन गर्न लागिएको छ । छत्रकोट गाउँपालिकाबासीका लागि टिकटदर ४ सय कायम गरिएको छ ।

Awareness by SKF

बिद्यार्थीहरुका लागि ३ सय छत्रकोट बाहिरका बासिन्दाका लागि ५ सय र विदेशी नागरिकका लागि १५ सय टिकटदर कायम गरिएको छ ।

छत्रकोटले जिपलाईन सञ्चालनमा ल्याए पनि यो छत्रकोटको मात्रै सम्पत्ती र गौरव हामीले सम्झेका छैनौं , जिल्ला मै पहिलो जिपलाईन भएकोले यसलाई सिङ्गो जिल्लाबासीको सम्पत्ती र गौरवका   रुपमा लिएका छौं र जिल्ला समन्व्य समिति देखि जिल्लाका १२ वटै पालिकाका , छिमेकी पाल्पा , अर्घाखाँचीका जनप्रतिनिधीहरुले आगमी शुक्रबार संयुक्त रुपमा उद्घाटन गर्न गईरहेका छौं भन्दै छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डले जिपलाईन सञ्चाल पछिको प्रभाव पर्यटन विकासको मुल नारा अनुरुप हुने अपेक्षा राखेको बताए ।

उनले भने ‘रुरु र रेसुङ्गा धार्मिक आश, छत्रकोटमा बसौ बास ’– जुन यो हाम्रो नारा छ , त्यही नारालाई साकार पार्न जिपलाईन सेवा कोशेढुङ्गे सावित हुने हामीले देखेका छौं ।

उनले थपे चोयगास्थित देवलाय मन्दिर परिसरका अन्य सानोतिनो पुर्वधार निर्माण बाटै यहाँ आन्तरिक पर्यटकको घुँईचो हेर्न कुनै बिदाको दिन वा चाड पर्व कुर्नु पर्दैन, दिनहुँ घुँईचो लाग्न थालेको छ , त्यस माथी जिल्ला मै पहिलो जिपलाईन सेवा सञ्चालन गरे पछि अन्तरिक र बाहय पर्यटकको संख्या ह्वात्तै बढ्ने कुरमा दुई मत छैन ।

पत्रकार सम्मेलनमा त्यस गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवाली , वडा नम्वर १ वाडाध्यक्ष घनश्यिम न्यौपाने , वडा नम्बर ४ वडाध्यक्ष तथा पालिका प्रबक्ता गुणाकर   ज्ञवाली र वडा नम्बर ६ का वडाध्यक्ष नारायण रेश्मी लगायतको सहभागिता थियो ।

पत्रकार सम्मेलन पछि जिल्लाबाट पुगेकका ईच्छुक पत्रकारहरुले पालैपालो जिपलाईनमा सयल गर्नुको मज्जा लिएका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →