Clean Water Campaign

Awareness Campaign

गुल्मीमा युवती बलात्कार आरोपमा एक पुरुष पक्राउ



ओझेलका खबर
८ महिना अगाडि


Awareness

Place for ads

 

७ पुस २०८१ । गुल्मीको कालिगण्डकी गाउँपालिकामा एउटी फरक क्षमता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा स्थानीय एक पुरुषलाई प्रहरीले आईतबार पक्राउ गरेको छ ।
२५ बर्षीया ( नाम गोप्य ) फरक क्षमता भएकी २५ बर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा कालिगण्डकी गाउँपालिका ६ खडककोट निवासी ३१ बर्षीय गणेश थापालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घर मै बसिरहेकी ति युवतीलाई निजले यहि पुस ५ गते साँझ साढे चार बजेको समयमा बारीको कुनोमा लगेर बलात्कार गरेको पीडित पक्षबाट जाहेरी परेपछि अनुसन्धानका लागि आरोपित थापालाई पक्राउ गरिएको निमित्त जिल्ला प्रहरी प्रमुख डिएसी शंकर पोखरेलले जानकारी दिए ।
आईतबार बिहान पीडित पक्षहरु जिल्ला प्रहरी कार्यालयमा आईरहेका थिए । ईलाका प्रहरी कार्यालय रिडी मार्फत आरोपित पुरुषलाई जिल्लामा पठाउन ताकेता गरिदै थियो । पीडित युवती खास्टोले मुख छोपेर रोईरहेकी थिईन् ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो