Awareness

Musikot Mahotsav

गुल्मीका अन्तर्राष्ट्रिय खेलाडी दलबहादुर रानालाई मृत्युको २६ बर्ष पछि सम्मान



प्रेम सुनार
२ दिन अगाडि


       

Place for ads

गुल्मी, ५ पुस २०८१: बक्सिङ्ग खेल मार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीको पहिचान बनाई गुल्मी जिल्लाको शिर उचो पारेका र देशकै सुप्रशिद्ध खेलाडी बनेका गुल्मीको रेसुङ्गा नगरपालिक-४, जोगीथुम निवासी स्वर्गिय दलबहादुर रानालाई उनको मृत्युको २६ बर्ष पछि पहिलो यहाँको सरकारी निकायले यहाँको सम्मान गरेको छ। स्वर्गिय राना मगरलाई उनकै गाउँ जोखिथुम चोकमा रेसुङ्गा नगरपालिकाले उनको स्मृति प्रतिमा स्थापना गरेर पहिलो पटक सरकारी निकायबाट सम्मान प्रकट गरेको छ।

Snow
Forest
Ad.

जोगीथुम चोक पश्चिम र उत्तर गुल्मी जाने मूख्य नाका हो। बाग्लुङ्ग सम्मका मानिसहरुले यात्रा गर्ने त्रिकोणात्मक चोक रहेको महत्वपुर्ण स्थलमा राना मगरको स्मृति प्रतिमा स्थापना भएको छ। त्यसै सोही स्थानमा स्वर्गिय दलबहादुर राना मगर स्मृति चोकका रुपमा प्रतिमा स्थानपना गरी शुक्रबार रेसुङ्गा नगरप्रमुख खिलध्वज पन्थीले अनावरण गरेपछि त्यहाँका बासिन्दाले ऐतिहासिक कार्य भएको र आफुहरु अत्यन्तै खुशीको क्षण भएको प्रतिक्रिया दिए।

निर्माण समितिका अध्यक्ष लालबहादुर दर्लामीले भने राज्य बाट ओझेलमा पारिएका पात्र दलबहादुर रानालाई रेसुङ्गा नगरपालिकाले स्मृतिमा प्रतिमा स्थापना गर्नु ऐतिहासिक कार्य हो। हामी स्थानीयवासीमा खुशीको सिमा छैन।

जोखिथुम स्थित पिता टुल्क राना मगर र माता गोमता राना मगरको कोखबाट २०१८ साल साउन ३ गते जन्मिएका दलबदादुर राना मगर २०३६ सालमा नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा नियुक्ती पाएका थिए।

उनी त्यस अघि नै प्रोफेसनल बक्सिङ्ग खेलाडी भएकोले दोश्रो बर्ष २०३७ साल देखि नै राष्ट्रिय खेलाडीका रुपमा भाग लिएका थिए। त्यस लगत्तै दलबहादुर राना मगरले बक्सिङ्ग खेलाबाट सुप्रशिद्ध स्वर्ण पदक प्राप्त गरेका थिए।

त्यति मात्र होईन दलबहादुर राना सन १९८६ मा एशियाली खेलकुदमा नेपालका लागि बक्सिङ्ग खेलको ६० केजी तौल समुहमा काश्य पदक जित्ने पहिलो खेलाडी हुन भनेर गुगलमा समेत भेटन सकिन्छ।

यसरी राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त दलबहादुर राना ३७ बर्षको उमेरमा २०५५ साल जेठ ४ गते मृत्यु भएको थियो। २०३७ साल देखि एक दशक सम्म चर्चित मुक्केबाजका रुपमा चर्चित बनेका दलबहादुर राना पहिलो र दोश्रो दक्षिण एशियाली (साफ) खेलकुदमा स्वर्ण र दक्षिण कोरियाको सिओलमा भएको सम्पन्न एशियाली खेलकुदमा काश्य पदक जितेर नेपालको झण्डालाई अन्तराष्ट्रिय स्तरमा फहराउन हो सफल भएका थिए।

Awareness by SKF

विरेन्द्र प्रहरी अस्पतालमा अज्ञात रोगका कारण भर्ना भएका राना मगर २०५५ साल जेठ ४ गते साँझ ६ बजेर २५ मिनेट जाँदा अन्तिम सास लिएको र सिंगो खेल क्षेत्रलाई नै शोकाकुल पारेको तत्कालिन राष्ट्रिय पत्रपत्रिकामा त्यति बेला पढन सकिन्थ्यो।

उनका दुई श्रीमति मध्ये जेठी श्रीमति कञ्चन राना मागर र उनका सन्तान भारतको राजगारमा पुगेको र अवस्था दयानिय रहेको साथै कान्छी श्रीमति तारा राना मगर एक छोरी सहित हाल अस्ट्रेलियमा एक छोरी सहित रहेको र मृत्यु हुने बेला राष्टिय खेलकुद परिषदले उनका श्रीमाति छोरा छोरीको संरक्षणका लागि रु १० लाख दिने घोषणा गरेको पत्रिकामा लेखिएका त्यसका कटिङ्गहरु आफु संग रहेको तर अहिले सम्म खै त्यो रकम भनेर स्वर्गिय रानाका भाई चिन्तामणि रानाले कार्यक्रममा सवाल उठाए।

यस अघि सम्म जिल्ला नेता र जनप्रतिनिधीहरुले त्यस गाउँमा पुगेर विशेषतः चुनाव ताका स्वर्गिय दलबहादुर रानाका बारेमा भाषणमा स्मरण गर्दथे । जिल्लामा पनि धेरै पटक नाम लिन्थे। तर उनको स्मृतिमा प्रतिमा राख्ने विषय अगाडी बढेको थिए। यहि विषयलाई पहिलो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका वडाध्यक्षका उमेदवार लिलाधर आचार्यले मुख्य चुनावी मुद्दा बनाएका थिए।

तर उनको र नेकपा एमालेका उमेदवार विजयी मरासिनीको बराबर मत आए पछि गोलाप्रथाका क्रममा आचार्यले हारेका थिए।

गत दोश्रो निर्वाचनमा पुन उम्मेदवार उठेर जितेका आचार्य भन्छन, ‘देशकै गहना, गुल्मीको शान दलबहादुर रानाको गुल्मी जिल्लाले सम्मान नगरेको विषयले आफुलाई पोलेको र उहाँको प्रतिभा स्थापनाका लागि आफुले पालिकालाई घच्घचाएको हुँ।

कार्यक्रमका प्रमुख अतिथी खिलध्वज पन्थीले आफुहरु निर्वाचित भए पछि विकासका विभिन्न मापदण्ड तय गर्यौँ। जस मध्ये खेलकुद क्षेत्रको विकास र प्रोत्साहन पनि एक थियो । त्यही अनुसार पहिला हामी स्वर्गिय दलबहादुराना जस्तो गुल्मीको मात्र नभई देशकै शिर उचो पारेका र गुल्मीका गौरव रहनु भएकोले उहाँको स्मृति प्रतिमा स्थापना गर्ने सोच बनाएका हौँ।

कार्यक्रममा सो पालिकाका उपमेयर अमृतादेवि कुँवर , जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गिरिप्रसाद महाकिम , विभिन्न राजनैतिक दलका नेता तथा प्रतिनिधीहरुले पनि मन्तव्यका क्रममा यो निकै ऐतिहासिक कार्य भएको भन्दै नगरपालिकाको प्रसंशा गरेका थिए

त्यस अवसरमा गुल्मीमा पहिलो राष्ट्रिय फुटबल खेलाडी तथा जिल्लाको एक मात्र प्रशिक्षक हाल तम्घास हुलाक रोड बस्ने आँपचौरका बासिन्दा छवि खरेल, विभिन्न खेलमा राष्ट्रिय खेलाडीको पहिचान बनाएका तम्घास खानीगाउँका झपड सिंह भुजेल, तम्घास पुरानो बजारका आनन्द श्रेष्ठ र गुल्मी दरबारका बक्सिङ्ग खेल प्रशिक्षक अमरबहादुर पल्लीलाई पनि नगरपालिकाले सम्मान गरेको थियो।

त्यस वडा नम्बर ४ का वडाध्यक्ष लिलाधर आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम पल्लीको स्वागत मन्तव्य र शिक्षाका प्रमुख पिताम्वर पन्थीको सञ्चालन रेहेको थियो। बर्षौँ देखि गुल्मीको गहना तथा आफ्नो छिमेकी दलबहादुर रानाको स्मृति चोक बने पछि स्थानीयवासीले बाजा तालमा नाच गान गरेर खुशीयाली मनाएका थिए।

   
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →