प्रेम सुनार
गुल्मी, ३ पुस
गुल्मीको इस्मा गाउँपालिका–४ दोहली हुलकी ५० बर्षीया मिना दर्लामीको हत्या छिमेकी ४८ बर्षीय मिन बहादुर अछामीले गरेको स्विकार गरेका छन् ।
हत्यापछि फरार अछामीलाई प्रहरीले मंगलबार रिडीबाट पक्राउ गरेको थियो । अछामी पक्राउ परेपछि आफैले हत्या स्विकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए ।
उनले प्रहरीको प्रारम्भिक बयानमै घरयासी साँध सिमानाको कारण बिबाद उत्कर्षमा पुगेपछि मादक पदार्थ सेवन गरेर दलार्मीको हत्या गरेको स्विकार गरेका थिए ।
।
गत आईतवार राति मिना दर्लामी घरमै मृत फेला परेकी थिइन् । उनको शरिरभरी खुकुरी प्रहार गरेका चोटैचोट रहेको प्रहरी निरीक्षक थापाले बताए । अनुसन्धानको लागि दर्लामीका श्रीमान शिव बहादुर दर्लामी पनि प्रहरी नियन्त्रणमा रहेका थिए ।
तर, छिमेकी अछामीले हत्या स्विकार गरेपछि दर्लामीलाई छोडिएको छ । शबको पोष्टमार्टम गुल्मी अस्पताल बुधबार गरेर परिवारलाई बुझाइने प्रहरी निरीक्षक थापाले बताए । आजै अदातलबाट म्याद थप गरेर घटनाको थप अनुसन्धान हुने प्रहरीले जनाएको छ । मृतकका आफन्तजनका अनुसार दर्लामि र अछामी परिबार बिच गत डेढ बर्ष यता चर्को बिवाद थियो ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |