गुल्मी: गुल्मीको इस्मा गाउँपालिकामा रक्ताम्य अवस्थामा एक महिलाको शव फेला परेको छ। इस्मा गाउँपालिका-४, हुल गाउँ ५० वर्षीया मिना दर्लामीको शव आफ्नै घरभित्र मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए।
थापाले स्थानीयबाट सूचना पाउना साथ आफ्नो टोली घटनास्थल तर्फ जादै गरेको बताए।
स्थानीयका अनुसार मृतकको शरीरमा गम्भीर चोटपटक सहित रगत देखिएको छ। मिना आफ्ना श्रीमान शिव बहादुर दर्लामीसँगै घरमा बस्दै आएकी थिइन्। आइतबार राति करिब ९ देखि १० बजेको समयमा घटना भएको हुन सक्ने स्थानीयको अनुमान छ।
घटनास्थलमा शवको प्रकृति हेर्दा कसैले हत्या गरेको हुन सक्ने स्थानीयको आशंका छ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |