Clean Water Campaign

Awareness Campaign

महिला स्वयंसेवीकाहरुको अनुभवः मासिक सय रुपैयाँ भत्ताका लागि आन्दोलन



प्रेम सुनार
९ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको धुर्कोट गाउँपालिका-५, वस्तुकी शारदा भण्डारीले आज २१ औँ अन्तराष्ट्रिय दिवसको अवसरमा धुर्कोट गाउँपालिकाबाट सम्मानित हुँदे ३२ बर्ष पछि महिला स्वास्थ्य स्वयंसेवीकाबाट विदाई भएकी छन।

२०४९ सालमा महिला स्वास्थ्य स्वयंसेवीकामा सहभागि भएकी उनि ६० बर्ष उमेर पुगेका कारण अनिवार्य अवकास पाई विदाई भएकी हुन । सुरुमा मासिक जम्मा ५० रुपैया भत्ता पाउने गरेको अनुभव सुनाउँदै उनले भनिन –‘धेरै बर्ष सम्म महिनाको ५० रुप्पेमै काम गर्न परे पछि १० मासिक भत्ताका लागि अन्दोलन गरियो, गाविस कार्यलय घेरियो र मासिक सय रुप्पे सरकारले दिन थालेको हो।’

उनले पहिला भत्ता बढाउने कार्यको सुरुवात माधव कुमार नेपाल प्रधानमन्त्री हुँदा भएको र त्यस पछिको सरकारले बढाउन सुरु गरेको र अहिले निजामति कर्मचारी सरहो पोषाक भत्ता र मासिक १२ हजार आउन थालेको बताईन । उनले थपिन–‘ यो स्वच्छिक हो , हामीलाई सरकारले अन्याय गरेको छैन, बरु हामीहरुलाई समाज सेवा गर्न निकै प्रोत्साहित गर्यो त्यसमा म चाँही खुशी छु । स्वंयम सेवी भनेको कमाउन होईन, भन्ने मैले बुझेकी छु । ’

सिंचाई
Forest
Ad.

उनि संगै ६० बर्ष उमेर पुगेर उनकै छिमेकी ललिता भण्डारीले पनि आज देखि अवकास लिएकी छन । यस अवसरमा अन्य पालिकाका झण्डै एक दर्जन स्वयंसेवी महिलाहरुले पनि अवकास लिदै पालिकाबाट सम्मान सहित विदाई भएका छन।

यसरी बिदाई हुने सहित हाल सम्म जिल्लाभर झण्डै एक हजार महिला स्वास्थ्य स्वयंमसेवी रहेको पालिकागत तथ्याङकले देखाएको छ । जिल्लाका १२ वटा स्थानीय तहमा कुल ९९४ जना महिला स्वास्थ्य स्वयसेवीकाहरु रहेका छन। मुसिकोट नगरपालिकामा सबै भन्दा बढि ११९ जना रहेका छन।

यी महिला स्वास्थ्य स्वयम सेवीहरुलाई सबै भन्दा बढि प्रोत्साहन भत्ता कालिगण्डकी गाउँपालिकाले केन्द्र सरकारबाट आउने मासिक एक हजारका अलवा पालिकाबाट मासिक ३ हजार दिदै आएको छ । केहि पालिकाले मासिक १५ सम्म दिने गरे पनि अधिकांस पालिका एक हजार र ५ सय सम्म प्रोत्साहन भत्ता दिने गरेका छन।

Awareness by SKF

जिल्लाको सदरमुकामस्थित रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्तिका अनुसार त्यस पालिकामा कुल महिला स्वास्थ्य स्वयम सेवीकाको संख्या ८३ जना रहेको छ ।

सरकारले दिने एक हजारका अलवा पालिकाले मासिक ५ सय रुपैयाँ थपेको छ । आजको दिन वडा नम्वर १० मा उपमेयर अमृतादेवि कुँवरको प्रमुख आतिथ्यतामा स्वायंसेवीका दिवस मनाईदैछ । स्वास्थ्य शाखा प्रमुख घर्ति सहितको टोली वडा नम्बर १४ को अति विकट गाउँरातामाटामा पुगेर ४० बर्ष भन्दा माथीका नागरिकहरुलाई सुगर , प्रेसर मृगौलाको स्कीम गरिएको छ ।

मुसिकोट नगरपालिका स्वास्थ्य शाखा डिबी जिसीका अनुसार त्यस पालिकामा ११९ जना स्वयंसेवीहरु रहेका छन । ९ वटै वडाबाट तिन जना उत्कृष्ट स्वयंसेवीकाहरुलाई पुरस्कृत गर्दै सम्मान गरिएको छ ।

प्रति वडा दिवस मनाउनका लागि १५ सयका दरले रकम दिईएको छ । सरकारले दिने एक हजारका अलवा पालिकाले मासिक एक हजार थपिदिएको छ।

मालिका गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बसन्त भुसालका अनुसार त्यस पालिकामा ७६ जना महिला स्वास्थ्य स्वयंसेवीहरु रहेका छन । उनिहरुलाई सरकारबाट आउने एक हजारका अलवा पालिकाले एक हजार थपेर प्रोत्साहन भत्ता दिने गरेको छ।

कालिगण्डकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्रबहादुर थापाका अनुसार त्यस पालिकामा स्वयंसेवीहरुको संख्या ७९ जना रहेको छ । उनिहरुलाई प्रति ब्यक्ती मासिक ३ हजार पालिकाले यातायात खर्च बापत रकम दिने गरेको छ ।

सत्यवती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि भण्डारीका नामले परिचित हिमलाल भण्डारीका अनुसार त्यहाँ महिला स्वास्थ्य स्यवम सेवीकाहरुको संख्या ९० जना रहेको छ । सरकारले दिने एक हजारका अलवा मासिक ५ सयका दरले पालिकाले दिने गरेको छ।

आज जोहाङ्ग, खैरेनी बजारमा प्रभातफेरी सहित पालिकाको सभाहलमा दिवस मनाएको छ । त्यस अवसरमा अन्तरकृया र मुल्याङ्गनको आधारमा उत्कृट स्वयंसेवीकाहरुलाई सम्मान गरिएको छ ।

मदाने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिर्थ पन्थीका अनुसार त्यस पालिकामा ७२ जना महिला स्वास्थ्य स्वयम सेवीकाहरु रहेका छन । सरकारले दिने एक हजारका अलवा बार्षिक ९ हजारका दरले पालिकाले उनिहरुलाई भत्ता दने दिने गरेको छ । आज विभिन्न कार्यक्रमका साथ स्वयंसेवीका दिवस मनाईएको छ ।

इस्मा गाउँपालिकाका श्वास्थ्य शाखा प्रमुख पदमलाल अधिकारीका अनुसार त्यस पालिकामा ६७ जना महिला स्वयंसेवीहरु रहेका छन । ७० जना रहेकोमा आज देखि ३ जनाले ६० बर्ष उमेर पुगेका कारण अवकास लिदैछन । आज पालिका देखि प्रभात फेरी कार्यक्रम पछि उत्कृष्ट स्वयंंसेवी महिलाहरुलाई सम्मान लगायतका कार्यक्र रहेको शाखा प्रमुख अधिकारीले जानकारी दिनु भयो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →