गुल्मी: लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले २१ औं महिला सामुदायिक स्वास्थ्य स्वयंमसेवीका दिवसको अवसरमा उनिहरु प्रति सम्मान प्रकट गर्दै महिला स्वास्थ्य स्वयंसेवीकाहरुको क्षमता अभिवृद्धि, प्रोत्साहन, सेवा सुविधाको सुदृढीकरणमा प्रतिबद्ध रहेको जनाएका छन। मन्त्री सारुले शुभकामाना बिज्ञप्ती जारी गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन।
स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेवीकाहरुले महत्वपूर्ण योगदान पुराएको प्रति सम्मान प्रकट गर्दै मन्त्री सारुद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूमा सम्मान, कृतज्ञता र शुभकामना व्यक्त गर्दछु।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले स्वास्थ्य प्रणालीको आधार स्तम्भ बनेर समुदायको स्वास्थ्य सुधार र सेवा प्रवाहलाई प्रभावकारी बनाउने कार्यमा अतुलनीय भूमिका निभाएको स्मरण गर्दै स्वास्थ्य मन्त्री सारुले मातृ शिशु स्वास्थ्य, खोप अभियान, पोषण, परिवार नियोजन, रोग नियन्त्रण लगायतका क्षेत्रमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले पुर्याएको योगदान प्रेरणादायी बनेको बताएका छन।
स्वास्थ्य स्वयंसेवीकाको माध्यमबाट स्वास्थ्य सेवाहरू दुरदराजसम्म प्रभावकारी रूपमा पुग्न सकेको उल्लेख गर्दै लुम्बिनी प्रदेश सरकार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सेवा सुविधा सुदृढ मन्त्री सारुको शुभकामना विज्ञप्तीमा उल्लेख छ ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |