गुल्मी: मध्ये पहाडी लोकमार्गको जाजरकोट सडक खण्डमा गएराति करिब ११ बजेको समयमा जिप दुर्घटना हुँदा सोही सडकमा काम गर्ने दुई जना मजदुरको मृत्यु भएको छ।
जाजरकोट कै भेरी नगरपालिका- १० नुवागाँउ स्थित मध्ये पहाडी लोकमार्गमा कार्कीगाँउ बाट कुदु तर्फ आउदै गरेको प्रदेश ३-०१-०२ च ४७१९ नम्बरको बोलेरो जिप सडक देखी करिव ७ सय मिटर तल खस्दा सोहि सडकमा काम गर्ने दुई जना मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
जाजरकोटका जिल्ला प्रहरी प्रमुख डिएसपी पुर्षोतम प्रसाद पाण्डेका अनुसार दुर्घटनामा कैलाली घर भई हाल भेरी नगरपालिका – ७ बस्दै मध्यपहाडी लोकमार्गमा काम गर्ने बर्ष अन्दाजी २५ का मनोज केसी र जुम्ला घर भई हाल मध्ये पहाडी लोकमार्गमा काम गर्ने बर्ष अन्दाजी २३ का मिथुन हमालको मृत्युु भएको हो । केसी जिप चालक हुन । उक्त जिप मिस्री लिन भानि गएको थियो।
जिप दुर्घटना भएको जानकारी पाउन साथ ईलाका प्रहरी कार्यालय जगतिपुर प्रहरी नायव निरीक्षक दल बहादुर बिष्ट र जिल्ला प्रहरी कार्यालय बाट प्रहरी निरीक्षक दिनेश तिम्लिसिनाको कमाण्डमा प्रहरी उद्दारमा खटिएको डिएसपी पाण्डेले जानकारी दिए।
सोही टोलीले भेरी नगरपालिकाको एम्बुलेन्समा राती पौने एक बजे जाजरकोट जिल्ला अस्पतालमा तिन जना घाईतेहरुलाई पुराई ति दुई जनालाई मृत्यु घोषणा गरिएको थियो ।
उक्त दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका–८ का २३ बर्षिय कमल चौधरी घाइते भएका छन्। उनलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको जनाईएको छ । घटना स्थल सदरमुकाम खलाङ्ग बाट पश्चिम करिव ३९ कि.मी. दुरिमा पर्दछ ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |