Salime Malika Krishi Farm

Awareness Campaign

कांग्रेसका प्रभावशाली नेता चौधरी माओवादी केन्द्रमा प्रवेश



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Awareness

Place for ads

रुद्रहरि कुँवर, बुटवल: नेपाली कांग्रेस रुपन्देहीका नेता माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ। नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ का क्षेत्रीय समिती सहसचिव प्रेम सागर चौधरी सहित २ दर्जन बढी कांग्रेस नेताकार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गर्नु भएको हो।

कांग्रेस परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्नुहुनेमा काङ्ग्रेसमा विभिन्न तहमा कृयाशिल सदस्यहरु हुनुहुन्छ। काशी प्रसाद थारु, किशोर कुम्हाल, कुल बहादुर कुमाल , कृष्णा कुमाल, गोविन्द थारु, बिसराम थारु, मनोज थारु, शिवा कुमार थारु, राज कुमार थारु, विशाल थारु, संगीत चौधरी, सुधन थारु , जीवन कुमाल, रामु दगोरिया, गोविन्द कुँवर, शोभा थारु माओवादी केन्द्रमा प्रवेश गर्नु भएको हो। उहाँहरुलाई एक कार्यक्रम बीच आज माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले पार्टी प्रवेश गराउनु भयो।

नेता चौधरीले माओवादी केन्द्र नै जनताको पार्टी भएकाले माओवादी केन्द्रमा प्रवेश गरेको बताउनु भयो। ‘वास्तवमा जनताको पार्टी माओवादी केन्द्र नै रहेछ, कांग्रेसमा अन्याय अत्याचारको आवाज उठाउदा कसैले सुन्दैन।’ उहाँले भन्नुभयो, ‘बोल्न स्वतन्त्रता छैन, अनियमितता, भ्रष्टाचार विकृति आदि संरक्षण हुने गरेको देखि सहन सकिनँ।’ उहाँले काङ्ग्रेसमा दलाली प्रवृत्ति बढेकाले न्यायप्रेमी कार्यकर्ताहरुमा असन्तुष्टि बढेको बताउनु भयो।

सिंचाई
Forest
Ad.

माओवादी केन्द्रका प्रदेश अध्यक्ष बरालले जनताको वास्तविक पार्टी माओवादी केन्द्र रहेको र समाहित हुनेको संख्या बढेको बताउनु भयो । ” देश र जनताको पक्ष जिम्मेवार पार्टी , अन्यायको विरुद्धमा बोल्ने पार्टी माओवादी केन्द्र मात्र रहेछ भन्ने जनताले महसुस गर्नु भएको छ।” उहाँले भन्नू भयो । – माओवादीमा २०६४ सालको जस्तो जनलहर आउदैछ , त्यो उपत्यकाको सभाले नै पुष्टि गरिसकेको छ ।”

बुटवल उपमहानगर पालिका वडा नम्बर १९ को अधिबेशन तथा पार्टी प्रवेश कार्यक्रममा उक्त पार्टीका नगर इन्चार्ज पुस्प ढकाल, नगर अध्यक्ष महेन्द्र भुसाल, वडा अध्यक्ष दिनेश कुँवर, गिरिराज पाण्डे ,झिल्लु नेउपाने लगायतले नेता चौधरीको आगमनले पार्टीलाई अझै मजबुत बनाउने बताउनु भयो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो