Awareness Campaign

गुल्मीका अर्जुन थापा, सडकको चिया व्यापारी देखि करोडौंको कारोवारी सम्म



प्रेम सुनार
५ महिना अगाडि


Place for ads

गुल्मी: पैसा कमाउन विदेशमै जानु पर्छ भन्ने मान्यता हावी भईरहेको बेला गुल्मीका एक युवाले स्वदेश मै विदेशमा हुने कमाईँ भन्दा बढि कमाउन सकिन्छ भन्ने उदाहरण दिएका छन। जिल्लाको इस्मा गाउँपालिका-३, दर्लामचौरका ३३ बर्षिय अर्जुन थापाले यस्तो सन्देश दिएका हुन।

गुल्मीका अर्का एक युवाले पनि स्वदेश मै केहि गर्न सकिन्छ भन्ने उदाहरण दिएका छन। जिल्लाको इस्मा गाउँपालिका-३ दर्लामचौर रानाखोलाका ३३ बर्षिय युवा अर्जुन थापाले वैदेशिक रोजगारका लागि जापान जान बनाईएको पासपोर्ट च्यातेर स्वदेश मै केहि गर्न सकिन्छ भन्ने उदाहरण दिएका हुन।

थापा २०६३ साल अघि बुटवलमा उच्च शिक्षा अध्यानका लागि घरबाट हिडेका थिए । पढ्दा पढ्दै जापान जाने सोचका साथ पासपोर्ट बनाएका थिए । त्यसै बिचमा केहि आफन्तहरुको सुझाव सल्लाह सहित उनले जापान जाने सोच बदले ।

Forest
Forest
Ad.

त्यस पछि २०६३ सालमा बुटवलको आम्दा अस्पतालमा क्यान्टिन चलाए । त्यही करिव ३ बर्ष क्यान्टिन चलाएका थापा फेरी भारतिर हिडे । त्यहाँ पुगेर एक बर्ष सम्म मम बनाएर बेच्न थाले । त्यहाँबाट फर्के पछि फेरी बुटवलकै हाटबजारलाईनमा चिया बेच्न थाले । त्यहाँको सटर भाडामा दिन मनाही गरे पछि उनी बुटवल बसपार्कमा आएर चिया बेच्न थाले ।

त्यहाँ सम्मको कमाईले उनले जैकुटीमा मझौला खालको होटल सञ्चालनमा ल्याए। त्यस होटलले उनलाई आर्थिक रुपमा माथी पुराई सकेको थियो । फलतः २०७५ सालमा उनले करोडौको लगानीमा बुटवल चौराह स्थित सुविधा सम्पन्न होटल हाईल्याण्ड एण्ड गेष्ट हाउस सञ्चालन गर्न सुरु गरे । अहिले उक्त होटलमा १ करोड ८० लाख लगानी गरेका थापा बताउँछन।

लगत्तै उनले होराईजन चोका ६० लाख लगानीमा अर्को होटल सत्कार सञ्चालनमा ल्याएका छन । अर्जुन र उनका भाइ बाबुराम थापाले दुबै होटल सञ्चालन गरेका छन भने बाबु बालबहादुर थापा र आमा पुष्पा थापाले नयाँमिलमा कृषि फार्म सञ्चालनमा ल्याएकका छन । जहाँ उत्पादित तरकारी र दुध दहि तिन दुई होटलमा खपत गर्ने गरिएको छ । दुई होटल र एक कृषि फम सहित १९ जनालाई रोजगारी दिईएको छ।

३३ बर्षको उमेरमै सफल होटल व्यवसायीको पंक्तीमा आफुलाई उभ्यान सफल अजुर्न थापा होटल तथा रेस्टुरेण्ट ब्यवसायी संघ रुपन्देहका महासचिव समेत हुन।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →