Salime Malika Krishi Farm

Awareness Campaign

अमेरिकी राष्ट्रपति चुनावबाट डोनाल्ड ट्रम्प दोस्रोपटक निर्वाचित



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Awareness

Place for ads

एजेन्सी: अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प दोस्रोपटक निर्वाचित भएका छन् ।

विजयी हुन २७० इलेक्ट्रोरल मत आवश्यक पर्नेमा केही स्थानको मतगणना बाँकी रहँदा नै ट्रम्पले २७० इलेक्ट्रोरल प्राप्त गरिसकेका छन। कूल इलोक्ट्रोल कलेज पाँच सय ३८ मध्ये निर्वाचित हुनका लागि दुई सय ७० मत आवश्यक पर्छ।

रिपब्लिकन पार्टीका उम्मेद्वार ट्रम्पले डेमोक्रयाट पार्टीका उम्मेद्वार कमला ह्यारिसलाई हराउँदै विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । ट्रम्प विजयी भएको फक्सन्यूज ले जनाएको छ ।

सिंचाई
Forest
Ad.

राष्ट्रपतिको निर्वाचनसँगै अमेरिकी संसदको दुवै सदन, सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभका लागि पनि निर्वाचन भएको छ । जसमा ट्रम्पको पार्टी रिपब्लिकनले सिनेट अर्थात् माथिल्लो सदनमा जित हासिल गरेको छ ।

७८ वर्षीय ट्रम्पले ऐतिहासिक कमब्याक गरेका छन् । उनी सन् १८९३ मा ग्रोभर क्लिभल्यान्डपछि अमेरिकी राष्ट्रपतिका लागि दोस्रो पटक गैर–लगातार कार्यकाल पाउने दोस्रो व्यक्ति बनेका छन् ।

कूल २३ करोड १० लाख मतदानका लागि योग्य भएको भए पनि १६ करोड ८० लाखले मात्र मतदानका लागि नाम दर्ता गरेका थिए ।

यस अघि ट्रम्प सन् २०१७ देखि २०२१ सम्म राष्ट्रपति थिए।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो