Clean Water Campaign

Awareness Campaign

एनआरएनए चेक गणतन्त्रको प्रतिनिधि मण्डलद्वारा प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाइयो



ओझेलका खबर संवाददाता
१० महिना अगाडि


Awareness

Place for ads

काठमाडौँ: गैरआवासीय नेपाली संघ (एनआरएनए) चेक गणराज्यका अध्यक्ष बैकुण्ठ रायमाझी र तत्कालीन अध्यक्ष डा. यदुराम पन्थीले हिजो नेपाल सरकारको सम्माननीय प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयमा औपचारिक भेटवार्ता गर्नुभएको छ। यो महत्वपूर्ण भेटवार्ताले नेपाल र चेक गणराज्यबीचका विभिन्न मुद्दाहरूमा सरकारको ध्यानाकर्षण गराउन र द्विपक्षीय सहयोगको दिशामा ठोस कदम चाल्न प्रेरित गर्ने आशा गरिएको छ।

यस अवसरमा चेक गणराज्यमा नेपाली नागरिकको लागि कन्सुलर सेवा स्थापना गर्न तथा नेपालीलाई चेक गणराज्य जानको लागि सहज भिसा सुविधाको माग गर्दै आवश्यक कागजातहरू सरकारलाई हस्तान्तरण गर्नुभएको छ।

सिंचाई
Forest
Ad.

भेटघाटको क्रममा हालसम्म भएका प्रक्रियाहरू तथा आगामी कार्ययोजनामा समेटिनुपर्ने विषयहरूबारे व्यापक र गहन छलफल भएको थियो। सम्माननीय अध्यक्षद्वयले चेक गणराज्यसँगको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन नेपाल सरकारले यथासिघ्र आवश्यक कदम चाल्नुपर्ने आवश्यकता औँल्याउनु भयो। द्विपक्षीय सम्झौताका माध्यमबाट नेपाली श्रमिकहरूले चेक गणराज्यमा सुरक्षित श्रमिक अधिकार, सामाजिक सुरक्षा तथा पेन्सन सुविधासहितको संरचना पाउन सकून् भन्ने विषयमा विशेष जोड दिइयो।

अध्यक्षद्वयले विशेषतः नेपाल र चेक गणराज्यबीच श्रम सम्झौता, श्रमिक अधिकारको संरक्षण, सामाजिक सुरक्षाका मुद्दाहरू, र चेक गणराज्यबाट नेपाल फर्केका नेपाली श्रमिकहरूको पेन्सन सुविधाका लागि सम्माननीय नेपाल सरकारलाई सौहार्द्रपूर्ण र दीर्घकालीन सम्झौता गर्नको निम्ति अनुरोध गर्नुभयो। यस्ता सम्झौताहरूले चेक गणराज्यमा कार्यरत नेपाली श्रमिकहरूको हकहित तथा सम्मानजनक भविष्य सुनिश्चित गर्न सहयोग पुर्याउने उहाँहरूको विश्वास छ।

यस अवसरमा नेपाल सरकारका परराष्ट्र मन्त्रालयका सम्माननीय सचिव अमृत बहादुर गुरुङले एनआरएनएको यो महत्त्वपूर्ण पहलको उच्च मूल्यांकन गर्दै, आवश्यक फोलोअप प्रक्रिया शीघ्र अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो। सचिव गुरुङले नेपाली नागरिकहरूको हकहित र अधिकारको संरक्षणमा नेपाल सरकारको सधैं प्रतिबद्धता रहेको उल्लेख गर्दै, चेक गणराज्यसँग सहकार्यलाई अझ प्रगाढ बनाउन आफूले पनि निरन्तर प्रयास गर्ने आश्वासन दिनुभयो।

एनआरएनए चेक गणराज्यले आफ्नो मातृभूमिको हितमा विभिन्न विषयहरूमा सरकारसँग समन्वय गरी नेपाली समुदायको हितमा योगदान पुर्याउने उद्देश्यका साथ आगामी दिनहरूमा पनि यस्ता पहलहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाइएको महासचिव सन्तु प्रसाद अर्याल र अध्यक्ष बैकुण्ठ रायमाझी हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो