गएराती अज्ञात ब्यक्ती गुल्मीको सदरमुकाम तम्घास स्थित एक घरको च्यानल गेटबाट प्रवेश गरी भाडामा बस्ने तिन जनाको कोठा फोडेर केहि नगद रकम चोरी गरेको प्रहरीले जनाएको छ । रेसुङगा नगरपनलिकन १ मिलन चोक स्थित राती २ बजेर ५० मिनेट जाँदा भेषराज पाण्डेको घरमा डेरा गरी बस्ने मालिका गाउँपालिका ८ घर भएका कुलबहादुर खत्री , सोही स्थानकी अनुशा थापा र भगवती खत्रीको कोठाको ताल्चा फोडेर भित्र प्रवेश गरी केहि रकम चोरी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिए ।
खबी र थापा घरमा गएकोले फोन गरेर सोध्धा १५ हजार र एकथर २० हजार ब्यागमा रहेको बताएको तर खोलेर हेर्दा ब्यागमा नभेटिएको प्रहरी निरीक्षक केसीले पठाएको समाचार विवरणमा उल्लेख छ । कोठामै रहेकी भगवती खत्रीले चोरी गर्ने ब्यक्तिले रातो ज्याकेट र हाप पाईन्ट लगाएको पुरुष रहेको तर चिन्न नसकी भागेको प्रहरीलाई जानकारी दिएको बताईएको छ । उक्त ब्यक्तिको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । घरको पछाडीको च्यानल गेटमा ताला नलगाउने गरेको बताईएको छ ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |