Clean Water Campaign

Awareness Campaign

यी हुन झ्याप्लेखोलामा बस पुरिएर ज्यान गुमाउने ६ जना गुल्मेली



प्रेम सुनार
११ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: शुक्रवार बुटवलबाट काठमाण्डौं जाने क्रममा धादिङको झ्याप्लेखोलमा माईक्रोबस पहिरोले पुरिदा मृत्यु भएका १४ जना मध्ये ६ जना गुल्मीका परेका छन। बुटवलबाट हिँडेको लु १ ज ४५ ७८ नम्बरको माईक्रोबस पहिरोले पुरिदा गुल्मीको मदाने गाउँपालिकाका ६ पुर्कोटदहका ३ जना र गुल्मी दरबार गाउँपालिकाका ७ , साविक दरबार देविस्थान २ लामडाँडाका पनि एकै परिवारका ३ जना सहित ६ जनाको मृत्यु भएका हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी शंंकर पोखरेलका अनुसार पुर्कोटदका ३४ वर्षीय प्रकाश कुँवर, उमेर उमेर नखुलेकी उनकी नवविवाहिता श्रीमती अनु कुंवर र बहिनी सिर्जना कुँवर सहित एकै परिवारका तीन जनाको मृत्यु भएको हो।

डिएसपी पोखरेलका अनुसार कोरियाको रोजगारबाट फर्किएका उनको एक महिना अघि मात्र विवाह भएको थियो। काठमाण्डौमा रहेका मृतका दाजु सुरेन्द्र कुँवरले यी जोडीको साउन २७ गते विवाह भएको बताए। विवाह भई पुर्कोटदहमा विवाह दर्ता गराएर बुटवल हुँदै काठमाडौँ जाने क्रममा यस्तो दुखद घटना घटन पुगेको हो।

सिंचाई
Forest
Ad.

त्यस्तै गुल्मी दरबार-७, लामडाँडाका पनि एकै परिवारका तीन जनाको ज्यान गएको त्यस वडाका वडाध्यक्ष सालिकराम टण्डनले जानकारी दिए। उनका अनुसार त्यस गाउँका ६३ वर्षीय जुद्धबहादुर रायमाझी, उनकी बुहारी ३१ वर्षीय प्रमिता भुसाल रायमाझी र उनका ३ वर्षीय छोरा कृषव रायमाझीको मृत्यु भएको हो।

रायमाझी परिबार सुरुमा बुटवल बस्ने गरेको र हाल काठमाण्डौको कीर्तिपुरमा बसोबास गर्ने गरेको वडाध्यक्ष टण्डन बताउँछन्। पुर्कोटदहका कुँवर परिबार पनि बुटवल र काठमाडौँ बसोबास गर्ने गरेको स्थानीय बताउँ छन्। उनिहरुको शव काठमाडौँ टिचिङको टिचिङ अस्पतालका रहेको डिएसपी पोखरेलले बताए। -दैनिक लुम्बिनी

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →