Clean Water Campaign

Awareness Campaign

नवलपरासीमा घाटी रेटिएको अवस्थामा युवकको शव फेला



प्रेम सुनार
१ वर्ष अगाडि


Awareness

Place for ads

 

परासी , साउन -२४ । नवलपरासी ( पश्चिम ) मा घाटी रेटिएको अवस्थामा एक जना युवकको शव फेला परेको छ ।

जिल्लाको पाल्हिनन्दन गाउँपालिका- ५ हर्दी बस्ने २० बर्षिय सुर्यकुमार भनेर चिनिने रोशन कुमार बढईको शव आफ्नै घरमा सुतिरहेको अवस्थामा फेला परेको हो ।

धारीलो हतियारले घाँटी काटी मृत अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रबक्ता डिएसपी रेशम बोहराले जानकारी दिए ।

सिंचाई
Forest
Ad.

जिल्ला प्रहरी प्रहरी प्रमुख एसपी   ज्ञानेन्द्र प्रसाद फुयालको कमाण्डमा घटना स्थलमा टोली खटिई अनुसन्धान भईरहेको जनाईएको छ ।

निजलाई कसैले धारिलो हतियार प्रयोग गरी हत्या गरेको घटनास्थलको प्रकृतिले देखाएको छ ।

प्रारम्भिक अनुसन्धान पश्चात शव पृथ्वी चन्द्र अस्पताल पठाईएको छ । मृतक उमेश बढईका छोरा हुन ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →