सुमित्रा कंडेल
पाल्पा , ३१ असार । पाल्पाका अधिकांस स्थानिय तहले आ.व.२०८१।०८२ को बजेटमा विपद् व्यवस्थापन तथा वातावरण संरक्षण कोषलाई बढाएका छन्।
भर्खर मात्रै बजेट पास गरेका पाल्पाका तानसेन नगरपालिका ,रामपुर नगरपालिका,बगनासकाली गाउपालिका,रम्भा गाउपालिका,माथागढी गाउपालिका,रिब्दीकोट गाउपालिका,पुर्वखोला गाउपालिका,निस्दी गाउपालिका , तिनाउ गाउपालिका र रैनादेवि छहरा गाउपालिकाले विपद् व्यवस्थापन तथा वातावरण संरक्षण कोषलाई बढाएका हुन्।
तानसेन नगरपालिकाले यो वर्ष विपद् व्यवस्थापन कोषमा १ करोड तथा वातावरण संरक्षण कोषका १० लाख गरी १ करोड १० लाख बजेट विनियोजन गरेको छ।
यो बजेट गतवर्षको तुलनामा ७० लाख बढी हो। तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले १४ वटै वडाका वडाध्यक्ष,तथा विभिन्न सघंसंस्थाका प्रतिनिधिहरुको सहभागितामा नगरप्रमुखको संयोजकत्वमा नगरपालिका स्तरीय विपद् व्यवस्थापन समिति रहेको बताए ।
उप्त समितिले कुन घटनालाई कसरी न्युनिकरण गर्ने भन्ने कार्ययोजना बनाएको छ।उहाले राहत र उद्धारका लागि तत्काल आवश्यक पर्ने सामग्री तयारी अवस्थामा राखीएको बताए ।
तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले गतवर्षको ३५ लाख बजेटबाट मनसुन जन्य विपद् बाढी, पहिरो,भुक्षय,आगलागि पिडितलाई राहात वितरण गर्नुका साथै वातावरण संरक्षण गर्न वृक्षारोपण गरेको बताईन ।
उनले गतवर्ष विपद्का घटना धेरै घटेको,सचेतनाको अभावमा सोचेभन्दा बढी क्षति हुने गरेको बताउदै यो आ.व.२०८१।०८२ मा सचेतनाका कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न बजेट बढाएर ल्याएको जानकारी दिईन।
नगरपालिकाको बजेट बाहेक हरेक वडामा २/ २ लाख विपद् व्यवस्थापन कोषमा अनिवार्य छुट्टाउन आग्रह गरेको उनको भनाई छ ।
त्यस्तैगरी बगनासकाली गाउपालिकाले पनि विपद् व्यवस्थापन तथा वातावरण संरक्षण कोषलाई बढाएर ल्याएको गाउपालिकाका अध्यक्ष सरस्वति चिदिले जानकारी दिईन ।
गतवर्ष ५० लाख छुट्टाएको बगनासकालिले १० लाख मात्रै खर्च गरेको जनाएको छ। गतवर्षको ४० लाख यथावत राखेर यो वर्ष २० लाख थप गरेर बजेट ल्याएको पालिकाका अध्यक्ष चिदिले भनाई छ ।
वातावरण संरक्षण अन्र्तगत केहि दिन अगाडि २ सय १५ रोपनि खालि तथा बाझो जग्गामा वृक्षरोपण गरीएको समेत बताउनुभयो।मनसुनजन्य विपद,तथा भैपरी आउने विपद्को राहत तथा उद्धारका लागि तयारी अवस्थामा रहेको त्यस पालिकाका प्रमुख प्रशासकिय अधिकृत बद्रिनाथ लम्सालले बताए ।
त्यस्तैगरी रम्भा गाउपालिकाले पनि विपद् व्यवस्थापन तथा वातावरण संरक्षण कोषलाई बढाएर ल्याएको गाउपालिकाका अध्यक्ष विष्णु प्रशाद भण्डारीले बताए ।
गतवर्ष १५ लाख छुट्टाएको रम्भाले आ.व.२०८१।०८२ को लागि २० लाख बजेट ल्याएको छ। उनले विपद् पुर्व तयारीका सामाग्री सबै तयारी अवस्थामा रहेको बताउदै यो वर्ष छुट्टाएको २० लाखबाट पालिका भित्र हुनसक्ने विपद्का घटनाको न्युनिकरण र राहत वितरणमा प्रयोग गरीने जानकारी दिए ।
यस पालिकाको पनि उद्धारका सामग्री तयारी अवस्थामा रहेको जनाएको छ। त्यस्तै माथागढी गाउपालिकाले पनि विपद् व्यवस्थापन तथा वातावरण संरक्षण कोष लाई बढाएर ल्याएको जनाएको छ।
गाउपालिकाका प्रमुख यम बहादुर चिदिले गतवर्ष जस्तै यसवर्ष पनि विपद् व्यवस्थापनका सामग्री खरीद गरीएको बताउदै खरीद गरीएका सामग्री वडावडामा पठाउने काम भैरहेको बताए ।
यसवर्ष मनसुन भित्रिए यता पालिकाका ३ जना नागरीकले ठाडो खोलाहरुमा आएको बाढीले बगाएर ज्यान गुमाउनु परेको उनको भनाई छ । त्यसैले गर्दा पनि पालिका विपद्का घटना घट्न नदिन र घटना घटीहालेपनि मानविय क्षति हुन नदिने गरी तयारीमा जुटेको बताए ।
गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रशाद घिमिरेले यो वर्ष विपद् व्यवस्थापन तथा वातावरण संरक्षण कोषमा ६० लाख बजेट छुट्टाएको जानकारी दिए ।
त्यस्तैगरी रिब्दीकोट गाउपालिकाले विपद् व्यवस्थापन तथा वातावरण संरक्षण कोषलाई २० लाख बजेट छुट्टाएको गाउपालिकाका प्रमुख नारायण बहादुर कार्कीले बताए ।
उनले पालिकाका ८ वटै वडामा १०।१० जनाका दरले विपद् व्यवस्थापन,राहत र उद्धारका लागि स्वयम्सेवक परीचालन गर्न तयारी अवस्थामा रहेको सुनाए । साथै उद्धारका लागि आवस्यक सामग्री खरीद गरेर तयारी अवस्थामा रहेको जानकारी दिए ।
त्यस्तैगरी पुर्वखोला गाउपालिकाले पनि विपद् व्यवस्थापन तथा वातावरण संरक्षण कोषलाई बढाएर ल्याएको जनाएको छ। पुर्वखोलाले आ.व.२०८१।०८२ मा विपद् व्यवस्थापनका ३ लाख ५० हजार र वातावरण संरक्षण कोषमा ३५ लाख ५० हजार बजेट छुट्टाएकोे गाउपालिकाका अध्यक्ष नुन बहादुर थापाले जानकारी दिए ।
त्यस्तै तिनाउ गाउपालिकाले पनि विपद् व्यवस्थापन तथा वातावरण संरक्षण कोषलाई प्राथमिकतामा राखेको जनाएको छ।
यो आ.व.२०८१।०८२ मा ५० लाख बजेट छुट्टाएको गाउपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिए । गतवर्ष पनि तिनाउले विपद् व्यवस्थापन तथा वातावरण संरक्षण कोषमा ५० लाख बजेट ल्याएको थियो।
यो वर्षका लागि विपद् पुर्वतयारीका सामान खरीद प्रकृयामा रहेको बताए ।
उता,रामपुर नगरपालिका, त्यस्तैगरी,निस्दी गाउपालिका ,रैनादेवि छहरा गाउपालिकाले पनि विपद् व्यवस्थापन तथा वातावरण संरक्षण कोषमा बढाएर ल्याएको जनाएको छन।
पाल्पाका सबै स्थानिय तहले विपद् व्यवस्थापनमा तिब्र रुपमा तयारी भैरहेको जनाएका छन्। त्यस्तै जिल्ला विपद् व्यवस्थापन समितिले पनि विपद् पश्चात् गर्नुपर्ने उद्धार र राहतका लागि तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए ।
उनले पाल्पा पाहडि जिल्ला हुदा पहिरोको जोखिम बढी रहेको बताउदै पहिरो रोक्नका निम्ती विभिन्न प्रयास भईरहेको स्पष्ट पारे ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |