Clean Water Campaign

Awareness Campaign

विषादीको बढ्दो खतराः पाल्पा पनि एक जनाको ज्यान गयो



प्रेम सुनार
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी  , २८  असार  ।खेतीपातीमा छरिने किटनासक विषदी र मुसा मार्ने विसादीको प्रयोगले मानिसहरुमा खतरा बढ्दै गएको छ ।

विसादी सेवन पछि स्वाथ्यकर्मीको लापर्बाहीबाट बुधबार गुल्मीमा एउटी बालिकाको मृत्यु भएको र अर्की बालिकाको अवस्था गम्भीर भएको दोश्रो दिन विहिवार पाल्पाका एक जनाको विषदी सेवनबाटै ज्यान गएको छ ।
तानसेन नगरपालिका ११ बडहरवोटका ५९ बर्षीय तिलबहादुर रानाभाटको तरकारीमा छर्ने विषादी सेवनबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार चयनय अचयग नामक तरकारीमा छर्ने बिषादी सेवन गरेर रानाभाटको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सिंचाई
Forest
Ad.

मृतक घर देखि करिव २ किलो मिटर दक्षिणमा पर्ने प्रतिक्षालयमा सुतिरहेको अवस्थामा भेटिएको सुचना प्राप्त हुन साथ प्रहरीले उद्धार गरेको थियो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाईएको र घटनाको अनुसन्धान भईरहेको श्रेष्ठले बताए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →