Clean Water Campaign

Awareness Campaign

गुल्मीमा स्वास्थ्यकर्मीको लापर्वाहीले एक बालिकाको गयो ज्यान, अर्की सिकिस्त [भिडियो सहित]



प्रेम सुनार
१ वर्ष अगाडि


       

Awareness

Place for ads

गुल्मी: गुल्मीमा बारीमा खेल्न गएका दुई बालिकाले माटोमा फेला पारेको बिष सेवन गरेर स्थानीय मेडिकलमा गएपछि स्वास्थ्यकर्मीले लगाई दिएको सुई र दिएको औषधी सेवन गर्दा एक बालिकाको ज्यान गएको छ।

अर्की बालिकाको अवस्था गम्भीर भएको छ। ‌जिल्लाको इस्मा गाउँपालिका १ , स्थित हस्तीचौर स्वास्थ्य चौकीका प्रमुख अहेव सम्सुल हक मियाक चरम लापर्वाहीका कारण स्थानीय बालिकाहरुको त्यस्तो अवस्था आएको परिवारजनले बताएका छन।

जिल्लाको इस्मा गाउँपालिका-१, उजुङ्गको गोडाचौरस्थित सपना सुनारकी ४ बर्षीया छोरी प्रिन्सा सुनारको ज्यान गएको हो। अर्की बसुन्धारा सुनारकी ५ बर्षीया छोरी दिपशिखा सुनारको अवस्था गम्भीर बनेको हो ।

सिंचाई
Forest
Ad.

मृतकका आफन्तजनहरुका अनुसार बुधबार दिउँसो करिव चार देखि ५ बजेको आसपासमा बारीमा खेल्न गएका दुई बालिकाले मुसा मार्ने बिस सेवन गरेको उनका आमाहरुले थाह पाएपछि हस्तीचौर स्वाथ्य चौकीका अहेव सम्सुल हक मियालाई फोन गरियो । उनले आफ्नो निजी मेडिकलमा बोलाए । परिवाजनले दुई बालिकालाई लिएर साँझ करिव ६ बजेको समयमा उनको मेडिकलमा पुराए ।

साथमा उनिहरुले सेवन गरेको बिषको प्याकेट पनि लगेर देखाएर बिष सेवन गरेर यस्तो भयो भनेर मिया संग भने । तर मियाले सामन्य छ डराउनु पर्दैन भन्दै सुई लगाई दिए ।

मृतककी आमा सपना सुनार भन्छिन केहि औषधी पनि दिनु भयो । त्यहाँ पुग्दा सम्म दुबै बालिका टाँठै थिए । चाउचाउ समेत खान सक्ने अवस्थाका थिए । डराउनु पर्दैन भनेर घर पठाएको केहि बेर पछि दुबै बालिका वान्ता गर्ने रुने करउने गर्न थाले पछि साँझ ९ बजेतिर मैले डाक्टरसावलाई फोन गरेर बोलाएँ । तर उहाँले आत्तिनु पर्दैन भोली अफिस जाने बेलामा आउँछु भनेर फोन राख्नु भयो । स्वास्थ्य प्रमुख मियालाई छिटो आई दिन भन्दै फोन गर्नु।

उनि थप्छिन, ‘त्यस पछि छोरीले आँखा ओछाउन सुरु गरिन, बक्य बस्यो । छ फेरी दोश्रो पटक राती एक बजेतिर फोन गरेर बोलाउँदा उसको आधा पराण गई सकेको थियो, तम्घासको अस्पतालमा ल्याउँदा छोरीले छाडिसकेकी रहिछ।’

Awareness by SKF

स्वास्थ्यकर्मी मियाले भने उनिहरु हिड्दै आएकोले बिष सेवन नगरे जस्तो लागेर वान्ता रोक्ने र भिटिमिन लगायको औषधी दिएर पठाएको बताए। उनले बालिकाहरुको अवस्था सामन्य देखेर आफुले जिल्ला अस्पतालमा रिफर नगरेको बताए।

विष सेवन गरेको कुरा बुझी सके पछि आफ्नै मेडिकलमा ठिक हुन्छ भनेर अडाउने कि जिल्ला अस्पतालमा रिफर गर्ने ? यो प्रश्नमा मियाको भनाई छ मैले त बिस सेवन गरेको जस्तो नलागेर वान्ता रोक्ने औषधी दिएको हुँ । कति सजिला कुरा उहाँका ? जबकी उहाँले बिष सेवन गरे नगरेको पत्ता नै लगाउन सक्नु हुन्न भने बिरामीहरु किन जँच्ने किन औषधी दिने ? एउटा सामन्य मानिसलाई पनि थाह हुन्छ विष सेवनको असर तत्कालै नपरेर ढिलो गरी पर्छ भन्ने कुरा । उहाँ जस्तो अहेव जस्तो र निकै पुरानो स्वास्थ्यकर्मीले त्यति पनि थाह नपाई तम्घास रिफर गर्न पर्दन भनेर किन रोक्नु भयो ? सवाल यो छ । अन्ततः दुबै बालिकाको आश मार्ने अवस्था भए पछि राती परिवारले गुल्मी अस्पतालमा ल्याए।

त्यहाँ ल्याउन साथ प्रिन्सालाई डाक्टरले मृत घोषणा गरे भने अर्की बालिका दिपशिखालाई लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा रिफर गरियो। ति‌ बालिकाको स्वास्थ्य अवस्थाको परिक्षण त्यस अस्पतालका डा. अमृत बस्नेतले गरेका हुन। उनले तत्कालै अर्की बालिकालाई रिफर गर्न भयो भने त्यसको चारपाँच घण्टा अघि नै हर्पुकोट स्थित उहाँको मेडिलबाट मियाले रिफर गरिदिएको भए बालिकाको ज्यान नजान पनि सक्थ्यो। उही बाट रिफर गरिदिएको भए बालिकाको ज्यान नजान पनि सक्थ्यो भन्छन डाक्टर बस्नेत।

त्यो तहमा पुगेको र झण्डै ३० बर्ष सम्म स्वास्थ्य सेवामा लागेको ब्यक्तले बिस सेवन गरे जस्तो लागेन अरे? जबकी पहिल्लै परिवारले भनि सकेका छन र बिष सेवन गरेको प्रमाण समेत लगेका छन। यो उनको सामन्य र मानविय कम्जोरी मात्र होईन अनविज्ञताको चरम लापर्वाही हो ।उहाँ रिर्पोट तयार पार्ने बेला सम्म क्षतिपुर्ति दिएर अर्थात पैसामा मिलाउने कुरा चलाई रहेका छन।

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →