Salime Malika Krishi Farm

Awareness Campaign

च्याउ टिप्न गएका तीन महिला बाघको आक्रमणबाट घाइते



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

दाङ: दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन्। सोमबार बिहान साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका-९ स्थित नवदुर्गा सामुदायिक बनमा च्याउ टिप्न गएका तीन जनालाई बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

उनका अनुसार तुलसीपुर-९, बेलुवा निवासी ४५ बर्षीया कमला केसी, सोही ठाउँकी ५३ बर्षीया सीता कुमारी भण्डारी, सोही ठाउँकी १८ बर्षीया सरिता भण्डारी घाइते भएका हुन्।

केसीको दुवै हातमा सामान्य चोट लागेको छ, त्यस्तै सीताको ढाड र पेटमा तथा सरीताको दाँया हातमा सामान्य चोट लागेको छ। घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइहरेको छ ।ऊनीलाई आक्रमण गर्ने बाघ जंगलतिर भगेको बताएको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो