Awareness Campaign

पृथ्वी मावि पुर्कोदहको मतगणना सुरु , संसदीय जस्तै पेचिलो



प्रेम सुनार
१० महिना अगाडि


Place for ads

 गुल्मी । गुल्मीको मदाने गाउँपालिका –६ , पुर्कोदह स्थित पृथ्वी माध्यामिक विद्यालय ब्यवस्थापन समितिको निर्वाचनका लागि मतदान भएको पाँच दिन पछि सोमबार विहान देखि मतगणना सुरु भएको छ ।

विद्यालयमै ७६ मत गणना हुँदा दुई मत सदर र बदरका बिषयमा दुई पक्ष बीच विवाद चर्किए पछि सदरमुकाम तम्घासस्थित शिक्षा विकास तथा समन्व्य ईकाईको कार्यालयमा मतगणना गर्ने सहमति गरी मतपेटीका ल्याईएको थियो ।

ल्याएको तीन दिन सम्म पनि सहमति नजुटेर कोठामै थन्काईएको थियो । सोमबार विहान दुबै पक्ष बिच सहमति भए पछि पुनः सुुरु देखिनै मतगणना हुने भएको हो ।

Forest
Forest
Ad.

बिद्यालय ब्यवस्थापन समितिको चार सदस्यका लागि ९ जना उमेदवार रहेका छन । उमेदवारहरुमा वसन्त कुँवर , विकास श्रेष्ठ , माया बिसी केसी, चित्रबहादुर कुँवर , टिका कुँवर , कुमार विक्रम थापा , कमला बिक, कृष्ण श्रेष्ठ । बिष्णु मायाँ बिक रहेका छन ।

कडा प्रतिस्पर्धा कांग्रेस एमाले बीच रहेको बताईन्छ । विजयी हुने चार जनाले ३ जना मनोनयन गरेर अध्यक्ष छनौट गर्ने बताईएको छ । मतगणना सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेको नेतृत्वमा गरिदैछ ।

मतगणना स्थलमा दलिय प्रतिनिधीका रुपमा एमाले बाट पार्टी सचिव धर्म बिश्वकर्मा , कांग्रेसबाट काँशीबहादुर बोहरा लगायत सहभागि छन । जिल्ला प्रशासनका प्रशासकिय अधिकृत नारायण घर्ति, शिक्षा विकास तथा समन्व्य ईकाई कार्यालयका शाखा अधिकृत अम्मरबहादुर केसी मत गन्दैछन । यति बेला सम्म १५० मत गणना भएको र २ सय मत गनेर सके पछि सार्वाजानिक गर्ने सहमति भएको त्यस कार्यालयका प्रमुख लोकनाथ मरासिनीले जानकारी दिए ।

त्यस बिद्यालयका सुचिकृत ५ सय ५० जना अभिभावक मध्ये ४ सय २० मत खसेको मतदान अधिकृतको जिम्मेवारी लिएर पुगेका त्यस कार्यालयका शाखा अधिकृत केसीले जानकारी दिए । गत एक बर्ष देखि सहमति जुटन नसकेर समिति गठन हुन सकेको थिएन ।

Awareness by SKF

जिल्लामा बिद्यालय ब्यवस्थापन समितिको यो निर्वाचन सांसदीय निर्वाचन जस्तै पेचिलो बनेको छ । निर्वाचन अन्य विद्यालयमा पनि भएका छन तर विद्यालय स्तरमै हुन नसकी जिल्लामा आउनु परेको यो पहिलो घटना हो ।

स्थानीय स्तरमा विवाद चर्के पछि आफुले प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेर जिल्लामा पठाृउने बातवरण मिलाएको मदाने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले बताएका छन ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →