नवलपरासी । बाढिमा बगेर आउने दाउरा टिप्ने क्रममा नारायणी नदीमा बगेर शनिबार साझ एक युवक वेपत्ता भएका छन् ।
साँझ पौने ५ बजेको समयमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका -५ सकरदिनई बस्ने ३३ बर्षीय अर्जुन चमार नारायणी नदीमा वेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार नारायणी नदीमा दाउरा टिप्ने क्रममा उनी अचानक न नदीमा वेपत्ता भएका थिए । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
नारायणी नदीमा बाढी आएसँगै आएका काठदाउरा निकाल्न नवलपरासीको त्रिवेणी आसपासका क्षेत्रमा स्थानीयहरुको व्यापक घुइचो लाग्ने गर्दछ ।
फाईल फोटो
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |