Clean Water Campaign

Awareness Campaign

गुल्मीमा मोटरसाईकल दुर्घटनामा एक जना गम्भीर घाईते



प्रेम सुनार
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी । शुक्रबार दिउँसो मोटरसाईकल दुर्घटनामा गुल्मी तम्घासका एक जना ब्यक्ति गम्भीर घाईते भएका छन । रेसुङ्गा नगरपालिका ८ तम्घास का ४३ बर्षीय देवबहादुर बिक तम्घासबाट नजिक रायाँढुङ्गा भन्ने स्थानमा मोटरसाईकल दुर्घटनामा परी गम्भीर घाईते भएका हुन् ।

लु १ प १३ प ७९५० नम्वरको मोटरसाईकलमा चढेर तम्घास बाट धुर्कोट तर्फ जान लागेका बिकलाई विपरित दिशाबाट आउँदै गरेको लु १ च ७३२७ नम्बरको डबल क्याप जिपले ठक्कर दिंदा घाईते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी शंकर पोखरेलका अनुसार घाईते बिकलाई गुल्मी अस्पतालले थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा रिफर गरेको छ । उनको अबस्था मध्येम रहेको डिएसपी पोखरेलले बताए । बिकको बाख्रेछेडा तल राज ईन्जिनियरिङ्ग नामको वर्कशप छ । उनले निर्माण व्यवसायको क्षेत्रमा समेत काम गर्दै आएका छन ।जिप चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको डिएसपी पोखरेलले बताईएको छ ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →