Clean Water Campaign

Awareness Campaign

प्रहरीद्वारा अतिविकट मुस्ताङका गाउँवासीलाई राहत



प्रेम सुनार
१ वर्ष अगाडि


Awareness

Place for ads

 

नेपालको सबै भन्दा कान्छो गाउँ भनेर चिनिने र अति विकट मानिने मुस्ताङको साङता गाउँमा नेपाल प्रहरी र उसको श्रीमति संघ गण्डकी प्रदेशले राहत वितरण गरेको छ ।

सदरमुकाम जोमसोम देखि ४० किलोमिटर दुरिमा पर्ने वारागुङ मुक्तिक्षेत्र गा.पा. वडा नं.-५ को साङता गाउँका १५ घरधुरीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले जस्तापाता लगायतको राहत वितरण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङको समन्वयमा जस्तापाता , फाइवर सिरक लगायतको न्यानो कपडा लगायतका विभिन्न राहत सामाग्री वितरणका अलवा स्वाथ्य परिक्षण , जबर्जस्ति करणी , घरेलु हिंसा , बाल बिवाहा , महिला हिंसा विरुद्ध सचेतना र कानुनी उपचार बारे जनचेतना मुलक कार्यक्रम प्रदेश प्रहरी टोलीले सम्पन्न गरेको हो।

सिंचाई
Forest
Ad.

प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी कार्यालयका कार्यबाहक प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंह , वारागुङ मुक्तिक्षेत्र गाँउ पालिका अध्यक्ष रिङजिङ नाम्गेल गुरुङ, घरपझोङ गाउँपालिका उपाध्यक्ष जमुना थकाली थापा मगर, नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश उपाध्यक्ष अप्सरा खत्री, गण्डकी प्रदेश कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक . दिपक बहादुर केसि जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेय लगायतले राहत वितरण तथा जनचेतना मुलक कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा त्यस वडाका वडाध्यक्ष सुरेन्द्र गुरुङ लगायतका विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको पनि सहभागिता थियो । स्वास्थ शिविरका लागि जिल्ला अस्पताल मुस्ताङको टोली पुगेको थियो ।

सोही टोलीले थासाङ गाउपालिकामा रहेको लेते ईलाका प्रहरी कार्यालयमा ओखर जातको बिरुवा रोपण समेत गरेको थियो । उप्त गाउँको मानव वस्ती २०२२ सालमा पत्ता लागेकोले नेपालको सबभन्दा कान्छो गाउँ भनिएको हो ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →