Awareness

Get Vaccinated

प्रकाशकिय: ओझेलका खबर अब आफ्नै मिडिया बन्यो



ओझेलका खबर संवाददाता
३ महिना अगाडि


Place for ads

गुल्मी: गुल्मी सहित पश्चिम नेपालका दर्जनौँ रेडियोबाट प्रशारण हुने रेडियो कार्यक्रम ओझेलका खबर अब मिडिया प्रा.लि. बनेको छ।

ओझेलका खबर सञ्चालक प्रेमबहादुर खड्काथोकी (प्रेम सुनार) को नाममा नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयबाट ‘ओझेलका खबर मिडिया प्रा.लि.’ जेठ २७ गते दर्ता भएको हो।

मिडिया प्रा.लि. को वैधानिकता पाए लगत्तै तम्घासमा प्रधान कार्यालय स्थापना भएको छ भने व्यवस्थित स्टुडियो निर्माणको काम हुँदैछ। यस अघि सुनारले कार्यक्रम सञ्चालन मात्रै गर्थे भने यसको अनलाईन, युट्युब लगायतका सामाजिक सञ्जाल कार्यकारी सम्पादकको रुपमा सालिक खत्रीले व्यवस्थापन गर्दै आएका थिए।

खत्री र सुनारको आधा-आधा शेयर रहने गरी सुनार अब आफै पनि पूर्ण रुपमा ओझेलका खबर मिडियामा सक्रिय हुने छन भने पश्चिम नेपालका विभिन्न जिल्ला र पालिका स्तर सम्म रिपोर्ट बनाई पश्चिम नेपालको सशक्त मिडियाका रुपमा स्थापित गरिने लक्ष्य लिईएको छ।

२०६५ साल देखि रेडियो रेसङ्गा र केहि बर्षपछि रेडियो स्काई र रुरु एफएमबाट उत्पादित ओझेलका खबर पश्चिम नेपालमा सर्वाधिक रुचाईएको कार्यक्रम हो। सुनार ३ बर्ष सम्म बुटवल स्थित रातोपाटी अनलाईनको प्रदेश ब्युरोमा बस्न थालेपछि त्यो अवधिमा भने ओझेलका खबर आफै ओझेलमा परेको थियो।

प्रविधिको विकास संगै अब ओझेलका खबर विभिन्न अलग-अलग विषय र माध्यममा हरपल प्रशारण हुने छ। सबै खाले समाचार, विचार र सबै खाले दर्शक, श्रोता र पाठकको मन जित्ने सत्यतथ्य र विश्वसनीय सामग्रीका साथ अगाडी बढ्ने प्रकाशक मण्डलको प्रण रहेको छ।

हाललाई कार्यकारी सम्पादकको जिम्मेवारी खत्रीले सम्हाल्ने छन भने छिट्टै सम्पादक नियुक्ती सहितको व्यवस्थापन गरिनेछ। विगत १५ बर्ष देखि रेडियो कार्यक्रमका रुपमा लाखौँ श्रोताबाट पाएको माया नै आजको सफलता हो भन्ने हाम्रो बुझाई छ र आगामी दिनमा पनि त्यति नै माया पाउने अपेक्षा गरेका छौँ।

Awareness by SKF

आज देखि यस अघिको लोगो समेत बदल्दै यसलाई थप परिस्कृत गरिदै लगिनेछ। विगतमा जस्तै आम दर्शक, श्रोता र पाठक महानुभावको उचित सुझाव सल्लाह नै यस ओझेलका खबर मिडिया प्रा.लि.को मार्गदर्शन हुनेछ। सदैव तपाईंहरुको माया र सुझाव सल्लाहको अपेक्षा सहित…

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो