Clean Water Campaign

Awareness Campaign

गुल्मी सिमनामा ट्रिपर दुर्घटना ःएक जनाको मृत्यु दुई घाईत े



प्रेम सुनार
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी , जेठ  २९  ।   गएराती गुल्मी अर्घाखाँचीको सिमनामा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  दुई जना घाईते भएका छन ।  छत्रदेव गाउँपालिका ७ देउराली तम्घास भित्रि कच्ची सडकमा ना ८ ख ६६४४ नम्बरको ट्रिपर सडक देखि ६० ÷ ७०  मिटर तल खस्दा त्यसमा सवार सन्धिखर्क नगरपालिका –८ खाँचीका २६ बर्षिय रामलाल पुरीको  उपचारका क्रममा गुल्मी अस्पतालमा गएराती मृत्यु भएको हो ।

त्यस्तै  सोही सोही पालिका –७ का ३३ बर्षिय रिसभ केसी , र तिलगंगा नगरपालिका– २ का २९ बर्षीय नविन घिमिरे घाईते भएका छन ।

घाईते दुबै जनालाई गएराती नै गुल्मी अस्पतालले लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा रिफर गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी डिएसपी शंकर पोखरेलले जानकारी दिए । घाईते मध्ये केसी बोल्न सक्ने र  घिमिरे बोल्न सक्ने अबस्थामा नभएको पोखरेलको भनाई छ ।

सिंचाई
Forest
Ad.

राती पौने दश बजे भएको दुर्घटना अस्थाई प्रहरी पोष्ट अर्घातोषका  प्रहरी नायव निरीक्षक सुर्यप्रसाद पन्थीको कमाण्डमा  घटनास्थलमा पुगेको टोलीले उद्धार गरेको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →