Salime Malika Krishi Farm

Awareness Campaign

जन्मदिनको अवसरमा समाजसेवी ईन्द्र थापाको सहयोग



रामकृष्ण कंडेल
२ वर्ष अगाडि


Awareness

Place for ads

वामीटक्सार: आज समाजसेवी युवा कुशल व्यक्तित्व ईन्द्र थापाको जन्मदिन। ईन्द्र थापा साविक वामी गाविस हाल मुनपा ७ भेंडुवामा जन्मनुभयो। सानै उमेर देखि केहिनकेही रचनात्मक काम गर्नुपर्छ भन्ने स्वभावका धनी थापा बिद्यार्थी कालदेखिनै परोपकारी तथा सेवामुलक अभियानमा जोडिनुभयो। विद्यार्थी समयमै विभिन्न एन्जियो/आईएन्जियोमा जागिर समेतगर्नु भएका थापा ऐले सातसमुन्द्र टाढा जापानमा आफ्नै ब्यक्तिगत लगानीमा ब्यबसाय संचालन गर्दै आऊनु भएको छ।

केहि बर्ष पहिले देखि बुटवलमा बसोबास गर्दै आऊनुभएका समाजसेबि थापाको सम्पुर्ण मन मष्तिष्क वामीमै छ।मुनपा ७ का साथिहरूले समाजसेवि थापाको महत्व र आबश्यक्ता बुझी उहॅालाई वामीमै बसोबास गर्न बिशेष आग्रह गरे पश्चात गतसाल वामीटक्सार बजारमा केहिजग्गा खरिद समेत गर्नुभएको छ।थापा भन्नुहुन्छ:’ म वामीमै घर निर्माण गरेर यहिंनै बसोबास गर्ने प्लानमा छु।’

जन्मदिनको अवसरमा अनाबश्यक क्षेत्रमा खर्च गर्ने परिपाटी बढिरहेको छ तर ईन्द्र थापा लाई यो कुरा पटक्कै मन परेको छैन।साधा जिवन उच्च बिचार भएका थापाले यो बर्षको जन्मदिनको अवसरमा मुसिकोट नगरपालिका वडानं ९ गुल्मी भित्र बिपन्न परिवार,युवा वा बिद्यार्थी मध्ये कुनै एक क्षेत्रलाई लक्षित सामाग्रीहरूको लागि केहि सहयोग रकम अर्पण गर्नुभएको छ साथै सहयोग रकम सार्बजनिक नगर्नका लागि थापाको आग्रह छ।’सहयोग रकम सार्बजनिक गरेर मेरो नाम लेख्नुछैन,मेरो उध्देश्य त थोरै भएपनि रचनात्मक कार्यमा सहयोग पुर्याऊनु हो’समाजसेवि थापाले हामिसंगको कुराकानीमा बताऊनुभयो।

सिंचाई
Forest
Ad.

मुसिकोट नगरपालिका वडानं ९ भित्र थापा द्वारा अर्पण गरिएको सहयोग रकम कुन क्षेत्रमा खर्च गर्दा राम्रो हुन्छ त्यो सबै निर्णयलिन युनिक खवर डट कमका प्रधान सम्पादक रामकृष्ण कंडेल लाई जिम्मा दिईएको छ।

आफ्नो जन्मदिनको अवसरमा मात्रै होईन समाजसेवि थापाले मातृभुमीका बिभिन्न स्थानहरूमा बिगत लामो समय अगाडि देखि ब्यक्तिगत तथा संस्थागत सहयोग गर्दै आऊनुभएको छ।शिक्षा,स्वास्थ्य,बिपत,युवा,बिद्यार्थीको लागि सक्दो सहयोग गर्दै आऊनुभएका थापा जापानमा रहदा पनि नेपाल र नेपाली लाई असाध्यै धेरै मन पराऊने ब्यक्तित्वको रूपमा सबैले चिन्दछन।

नेपालका कला संस्कृतिहरूलाई समेत संरक्षण र प्रचार प्रसार गर्नुपर्छ भन्ने बिचार लिएका थापाले आफ्नै नेतृत्व एवम सकृयतामा गल्कोट नगरपालिका कॅाडेबास बाट पन्चे बाजाहरू जापानमा पुर्याई बाजा समुह गठन गर्नुभएको समाचार हामीलाई प्राप्त भएको छ।

गुल्मीकै समाजसेबि युवा महेन्द्र कुमार अधिकारी अध्यक्ष रहेको संस्था गुल्मेली समाज जापानको बर्तमान उपाध्यक्ष को भुमिकामा कृयाशिल रहनुभएका थापाको सामाजिक संघ संस्थाहरू क्रमशः विद्यालय, क्लब, खानेपानी, मोटरबाटो, मन्दिर, पाटीपौवा चौपारी निर्माण लगायतमा महत्वपूर्ण योगदान रहेको छ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो