चितवन, जेठ १४: चितवनमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा प्युठानको नौबहिनी गाउँपालिका-३ का १३ बर्षीय स्वयम पुन र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, राम्चेका ट्रक सहचालक २१ वर्षिय राजन सुवेदीको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी भेषराज रिजालका अनुसार सुवेदीको अहिले बिहान उपचारका क्रममा ८:५५ बजेको समयमा डाक्टरले मृत्यु घोषणा गरेका थिए। थप तीन जनाको अवस्था गम्भीर रहेको उहाँले जानकारी दिनु भयो। थप जानकारीका लागि भिडियो रिपोर्ट हेर्नुहोस्।
कमेन्ट गर्नुहोस्
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |