Hi-Speed Computer

Awareness Campaign

अब देखि ओझेलका खबरले संवाद कार्यक्रम पनि चलाउने



प्रेम सुनार
१२ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: ओझेलका खबर डटकमले अब देखि विविध विषयमा विशेष संवाद कार्यक्रम सञ्चालन गर्ने भएको छ। विगतमा साप्ताहिक रुपमा ओझेलका खबर रेडियोबाट सञ्चालन हुँदै आएकोमा सामाजिक सञ्जालका कारण कुनै पनि विषय वस्तु र घटना आजको आजै र अहिलेको अहिलै बाहिर आउँने हुँदा एक हप्ता सम्म कुर्दा विषय वस्तु बासी हुने भएकाले आजको आजै हर कुनै विषय वस्तु उठान गर्दै आईरहेको छ।

त्यस्तै सार्वजनिक सरोकार, जनताको चासो र गुनासोका विषयमा Issue Of The Day र रिपोर्ट पनि दैनिक जसो प्रसारण हुँदै आएको छ। अबदेखि ओझेलका खबरको नियमित स्तम्भ जीवनको गोरेटो समेत जुनसुकै बेला पस्किने र नियमित कार्यक्रम बनाईने ओझेलका खबर सञ्चालक प्रेम सुनारले बताए।

त्यसका लागि ओझेलका खबरको आफ्नै युट्युब च्यानल, फेसबुक पेज र अनलाईन सञ्चालन गर्दै आईरहेको छ। यस www.ojhelkakhabar.com न्यूज पोर्टल, फेसबुक पेज तथा Ojhelka Khabar TV युट्युब च्यानलमा गई पलपलका खबर पढन, सुन्न र हेर्न पाईने छ। त्यस्तै गुल्मी सहित पश्चिम नेपालका दर्जनौँ रेडियोहरु र राज्य टेलिभिजनबाट समेत ओझेलका खबर युनिटबाट उत्पादित विशेष रिपोर्टहरु प्रसारण हुँदै आएका छन।

Forest
Forest
Ad.

आज साँझ ६ बजे देखि सञ्चालन हुने विशेष संवाद कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता डा. दामोदर भुसाल संग गुल्मीका विविध विषयमा संवाद हुनेछ। यो कार्यक्रम पनि हर कुनै बेला प्रसारण गरिने भएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →