गुल्मी: ओझेलका खबर डटकमले अब देखि विविध विषयमा विशेष संवाद कार्यक्रम सञ्चालन गर्ने भएको छ। विगतमा साप्ताहिक रुपमा ओझेलका खबर रेडियोबाट सञ्चालन हुँदै आएकोमा सामाजिक सञ्जालका कारण कुनै पनि विषय वस्तु र घटना आजको आजै र अहिलेको अहिलै बाहिर आउँने हुँदा एक हप्ता सम्म कुर्दा विषय वस्तु बासी हुने भएकाले आजको आजै हर कुनै विषय वस्तु उठान गर्दै आईरहेको छ।
त्यस्तै सार्वजनिक सरोकार, जनताको चासो र गुनासोका विषयमा Issue Of The Day र रिपोर्ट पनि दैनिक जसो प्रसारण हुँदै आएको छ। अबदेखि ओझेलका खबरको नियमित स्तम्भ जीवनको गोरेटो समेत जुनसुकै बेला पस्किने र नियमित कार्यक्रम बनाईने ओझेलका खबर सञ्चालक प्रेम सुनारले बताए।
त्यसका लागि ओझेलका खबरको आफ्नै युट्युब च्यानल, फेसबुक पेज र अनलाईन सञ्चालन गर्दै आईरहेको छ। यस www.ojhelkakhabar.com न्यूज पोर्टल, फेसबुक पेज तथा Ojhelka Khabar TV युट्युब च्यानलमा गई पलपलका खबर पढन, सुन्न र हेर्न पाईने छ। त्यस्तै गुल्मी सहित पश्चिम नेपालका दर्जनौँ रेडियोहरु र राज्य टेलिभिजनबाट समेत ओझेलका खबर युनिटबाट उत्पादित विशेष रिपोर्टहरु प्रसारण हुँदै आएका छन।
आज साँझ ६ बजे देखि सञ्चालन हुने विशेष संवाद कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता डा. दामोदर भुसाल संग गुल्मीका विविध विषयमा संवाद हुनेछ। यो कार्यक्रम पनि हर कुनै बेला प्रसारण गरिने भएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







