Clean Water Campaign

Awareness Campaign

ओझेलका खबर सञ्चालक सुनार सम्मानित



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीका चर्चित पत्रकार तथा यस ओझेलका खबरका सञ्चालक प्रेम सुनार बुटवलको एक संस्थाद्वारा सम्मानित भएका छन्।

बुटवल-११ को दुर्गानगरस्थित मितेरी ईन्टरनेशनल सिमली मन्टेश्वरी स्कुलले सहकर्मी सुनारलाई सम्मान गरेको हो।

नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा त्यस स्कुलको स्थापना दिवस र जन्मोत्सवको अवसरमा पत्रकार सुनारलाई कार्यक्रमका प्रमुख अतिथी बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेको हातबाट मायाँको चिनो र त्यस संस्थाको मानार्थ सदस्यको प्रमाण पत्र सहित सम्मान गरिएको थियो।

सिंचाई
Forest
Ad.

ईन्टरनेशनल सिमली फाउण्डेशन नेपालद्वारा सञ्चालित त्यस स्कुल स्थापना सम्म आईपुग्दा सुनारले पत्रकारीताको माध्यमद्वारा संस्था प्रति निकै सहयोग गरेको भन्दै फाउण्डेशनका अध्यक्ष महेन्द्र अर्यालले संस्थाले पत्रकार सुनारलाई मानर्थ सदस्यमा मनोनित गर्ने निर्णय गरेको र संस्थाको प्रचार प्रसारको जिम्मा पनि दिदै आएको बताएका थिए। कार्यक्रमका प्रमुख अतिथी मेयर पाण्डेले पत्रकार सुनारलाई बधाई दिदै प्रगतिको शुभकामना दिएका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो