Awareness

Get Vaccinated

चारपालाको स्वास्थ्य शिविरमा ३ सय २४ जनाले पाए सेवा



टोपलाल अर्याल
४ महिना अगाडि


Place for ads

गुल्मी: गुल्मीको गुल्मीदरबार गाउँपालिकामा संचालन भएको एकदिने बृहत् निःशुल्क स्वास्थ्य शिविरमा तीन सय २६ जनाले सेवा लिएका छन् । चालपाला रुपन्देही सम्पर्क समाजको आयोजना, गुल्मीदरबार गाउँपालिकाको समन्वय तथा साझा हस्पिटल प्रालिको प्राविधिक सहयोगमा बिशेषज्ञ डाक्टरहरुसहित शिविर संचालन गरिएको थियो ।

शिविरमा ९६ पुरुष र दुई सय ३० महिलाले सेवा लिएको गुल्मी दरवार गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण प्रसाद अर्यालले जानकारी दिए । शिविरमा डाक्टर प्रदीप कुमार श्रीवास्तव, लक्ष्मण शर्मा, जिवन थापा, संगीता पाण्डे, प्रवेश्वर घिमिरे, कृष्ण खनाल, नियम मुसलमान र डाक्टर विकास अर्यालले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

गाउँमै शिविरको आयोजना गरेर महिलारोग बिशेषज्ञ सेवा, हाडजोर्नी तथा नशारोग बिशेषज्ञ सेवा, फेमिली फिजिसियन सेवा र सुगर परीक्षण निदान गरिएका रोगको निःशुल्क औषधी वितरण गरेपछि स्थानीय खुसी भएका थिए । उपचारको लागि शिविरमा आएकी स्थानीय सुन्तलीदेवि नेपालीले ग्रामीण भेगमा निःशुल्क स्वास्थ्य शिविर हुँदा बुटवल तथा पाल्पा जान नपरेकाले खुसी लागेको बताइन् । उनले विपन्न परिवारका लागि शिविर निकै फलदायी भएको बताइन् । त्यस्तै सोहि स्थानकी टीका देवि सुनारले बिमारले च्याँपेपनि अस्पताल जान नसक्ने तथा टाढा पुगेर फ्लोअप गर्न पर्नेहरुलाई शिविरले सहज भएको बताइन् ।

चालपाला रुपन्देही सम्पर्क समाज सामाजिक कार्यमा स्थापित नाम हो । २०७५ मा स्थापना भएको समाजले शिक्षा, स्वास्थ्य तथा विपन्नता कारण समस्यामा परेका परिवारहरुलाई सहयोग गर्दै आएको गुल्मी चालपाला रुपन्देही सम्पर्क समाजका अध्यक्ष उषा खत्रीले जानकारी दिइन् । उनले गाउँसंगको सम्बन्ध स्थापित गराइरहने उदेश्यले विभिन्न समयमा सामाजिक काम गर्दै आएको बताइन् ।

निःशुल्क बृहत स्वास्थ्य शिविरमा चारपाला स्थायी घर भई हाल गुल्मी तम्घासमा बस्ने कर्णबहादुर रायमाझीले ५० हजार आर्थिक सयोग गरेका थिए । चारपाला घर भई युकेमा रहेका लेखराज ज्ञवालीेले ११ हजार, खिमप्रसाद अर्यालले १० हजार र स्वर्गाीय प्रेमबहादुर खत्रीको स्मृतिमा छोरा बिरबहादुर खत्रीले ११ हजार लगायत दुई दर्जन व्यक्तिहरुले आर्थिक सहयोग गरेका थिए ।

कार्यक्रममा समाजले सहयोगीलाई सम्मान तथा विभिन्न रोगबाट पीडित परिवारका सदस्यलाई आर्थिक सहयोग प्रदान गरेको थियो । शिविरको उद्धाटन गर्दै प्रमुख अतिथि गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले गुल्मी चालपाला रुपन्देही सम्पर्क समाजले गर्दै आएका सामाजिक कामको खुलेर प्रशंसा गरे । उनले स्वास्थ्य र शिक्षाको क्षेत्रमा समाजले गरेको कामलाई निरन्तरता दिन आग्रह गर्दै निःशुल्क स्वास्थ्य शिविरले ग्रामीण भेगका थुप्रै नागरिक लाभान्वित भएकोमा खुसी ब्यक्त गरे ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →