Hi-Speed Computer

Awareness Campaign

गुल्मीमा पहिलो पटक राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता शुरु



प्रेम सुनार
१ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: गुल्मी जिल्लामा पहिलो पटक राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। नेपाल ब्याडमिन्टन संघ गुल्मीले शुक्रबार देखि तीन दिन सम्मका लागि प्रथम राष्ट्रिय खुल्ला ब्याड्मिन्टन प्रतियोगिता २०८० को आयोजना गरेको हो।

प्रतियोगिताको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले एक समारोहका बिच उद्घाटन गर्नु भयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर पन्थीले पहिलो पटक गुल्मी जिल्लामा राष्ट्रिय स्तरको ब्याड्मिन्टन प्रतियोगिता हुनु भनेको जिल्लावासीका लागि गर्वको कुरा भएको बताए।

उनले गुल्मीबाट पहिलो पटक राष्ट्रिय खेलाडी भई जिल्लाको शिर उचो राख्ने सेउवा मसिनापोखरीको स्वर्गिय दलबहादुर राना देखि राष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामी सम्मका खेलाडीहरुको स्मरण गर्दै उनिहरुलाई सम्मान गरिने उद्घोष समेत गरे।

Forest
Forest
Ad.

यस प्रतियोगितमा भाग लिन विभिन्न जिल्लाबाट पाल्नु हुने खेलाडीहरुलाई प्रशिद्ध धार्मिक क्षेत्र रेसुङ्गामा घुम्न जान आग्रह गर्दै यस प्रतियोगिता नगरपालिकाको जाउँ हिड रेसुङ्गा अभियान संग जोडिएको सुनाए। गुल्मीमा २०५० साल अघि देखि ब्याडमिन्टन खेलको विकास सुरु भएको बताउँदै ब्याडमिन्टन संघ २०५२ सालमा गठन भएको र क्रमिक रुपमा आजको स्थानमा आउनु भनेको निकै खुशीको कुरा भएको संघका संस्थापक अध्यक्ष शेरबहादुर थापाले बताए।

कार्यक्रममा संघका लुम्बिनी प्रदेश परिषद सदस्य भरत थापा र जिल्ला अध्यक्ष गिरिप्रसाद महाकिमले पनि मन्तव्य राखेका थिए। समुद्घाटन समारोमा स्थानीय कलाकारहरुले मनोरञ्जन प्रदान समेत गरेका थिए।

संघको लुम्बिनी प्रदेश परिषद र जिल्ला समितिको प्रर्वद्धनमा सुरु भएको प्रतियोगिताको प्रथम पुरस्कार ६० हजार राशीको रहेको छ। दोश्रो पुरस्कार राशी ४० हजार र तेश्रो पुरस्कार राशि २० हजारको रहेको छ। विभिन्न ७ विधामा हुने प्रतियोगितामा विधागत ३५, २५, २० र १५ हजार सम्मको धनराशी छुट्याईको छ। उद्घाटन समारोहमा ब्याडमिन्टन खेलकाए अन्तर्राष्ट्रिय रेफ्री सुमित शाक्य र राष्ट्रिय खेलाडी अरविन्द श्रीपालीले सपथ खाएका थिए। उद्घाटन सत्रपछि निकै रोचक खेल जमिरहेको छ।

Awareness by SKF

चैत्र ११ गते सम्म चल्ने प्रतियोगितामा काठमाण्डौं , पोखरा, बुटवल , नेपालगञ्ज सम्मकाा प्रतिस्पर्धी रहेका छन। यस प्रतियोगितालाई भव्य पार्न यहाँको स्थानीय सरकार , वित्तिय संस्था र समाज सेवीले ठुला रकम सहयोग गरिरहेका छन।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे , सुरक्षा निकायका प्रमुख लगायतको विशेष आतिथ्यता रहेको थियो। संघका गुल्मी जिल्ला अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष मनोज काउछाको स्वागत मन्तव्य र सचिव सुरेश श्रेष्ठको सञ्चालन रहेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →