Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोटका निजी विद्यालय संचालकहरुद्वारा नगरप्रमुखलाई ध्यानाकर्षण पत्र



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

रबिन पाण्डे, गुल्मी: मुसिकोट नगरपालिकामा कार्यरत जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकका बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा अनिवार्य पठाउनु पर्ने सुचना प्रकाशन भएसङै मुसिकोटमा स्थापित निजि विद्यालयका प्रध्यानाध्यापक र संचालकद्वारा नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाईएको छ।

नेपालको संविधान २०७२ र शिक्षा ऐन विपरित स्थानिय तहले निर्णय गरेको, बालबालिका र अभिभावकको स्वतन्त्रताको हक हनन हुने र निजि क्षेत्रलाई दुरुत्साहित गर्न खोजिएकोले यथासिघ्र निर्णय सच्याउन आग्रह गर्दै ध्यानकर्षण गरिएको मालिका ईङलिस बोर्डिङ हाई स्कुलका प्रध्यानध्यापक पुस्तकलाल श्रेष्ठले बताउनु भयो ।

मुसिकोटमा संचालित ७ निजि विद्यालयमा १६०० भन्दा बढी विद्यार्थीहरु अध्यानरत रहेको र १५० जना भन्दा बढी शिक्षक तथा कर्मचारीले कार्यरत रहेको हुँदा निजि विद्यालयले स्थानिय तहको ठूलो भार थेगेको गोल्डन फ्युचर एकेडेमीका प्रध्यानध्यापक लोकनाथ सापकोटाले बताउनु भयो ।

सिंचाई
Forest
Ad.

मुसिकोटमा निजि विद्यालय बन्द भएको अबस्थामा रोजगारी र गुणस्तरीय शिक्षाका निम्ति ठूलो संख्यामा बसाइँसराइ हुने दीपज्वती बोर्डिङ स्कुलका प्रध्यानध्यापक बिष्णु महतले बताउनु भयो ।

ध्यानाकर्षण पत्र बुझाएसङै छलफलमा नगर प्रमुख जिवराज खरेल (जीवन) ले निजि संस्थालाई हतोत्साहित हुने कार्य नगर्ने र निजि विद्यालयलाई परेको अप्ठ्यारो सम्बोधन गर्ने वचन व्यक्त गर्दै ढुक्क भएर गुणस्तरीय शिक्षामा लाग्न अनुरोध गर्नुभएको बडागाउ ज्ञानकुन्ज बोर्डिङ स्कुलका प्रध्यानध्यापक बसन्त अधिकारीले बताउनु भयो ।

मुसिकोटका सातै विद्यालयका प्रध्यानध्यापकद्वारा हस्ताक्षरित पत्रमा तत्काल निर्णय सच्याउन अनुरोध गरिएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो