Clean Water Campaign

Awareness Campaign

विद्यार्थीलाई उद्यमसङ्ग जोड्दै रेसुङ्गा क्याम्पस



अनिष पन्थी
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीमा विद्यार्थीहरुका लागि युवा उद्यमशीलता तालिमको सुरुवात गरिएको छ । जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास गुल्मीमा घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजना र क्याम्पसको सह-आयोजनामा ७ दिने युवा उद्यमशीलता तालिम सुरुवात गरिको हो ।

कार्यक्रमको पहिलो दिन कार्यक्रमको उटघाटन गर्दै क्याम्पस प्रमुख हरि बहादुर खत्रीले विद्यार्थीहरुका लागि गरिएको यो कार्यक्रम बाट धेरै फाइदा पुग्ने बिश्वास व्यक्त गरे । विद्यार्थीहरुले सिकेको सीप कहि न कतै काम लाग्ने बताएका छन् ।

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका निमित्त कार्यालय प्रमुख माधव अर्यालले बजारमा आवश्यक पर्ने सीपहरु विद्यार्थीहरुलाइ सिकाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा क्याम्पसमा अध्ययनरत केही विद्यार्थीको उपस्थिति रहेको थियो।कार्यक्रमको सहजीकरण घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका कर्मचारी त्रीबिक्रम ज्ञवालीले गर्नुभएको थियो ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो