Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको वामीटक्सारमा एलायन्स क्लबको कार्यक्रम भव्यताका साथ सम्पन्न



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: एलायन्स क्लब अफ गुल्मी मुसिकोटको पदस्थापना कार्यक्रम वामीटक्सारमा भव्यताका साथ सम्पन्न भएको छ। वामीटक्सार स्थित दरबार होटलमा आयोजित कार्यक्रममा क्लबले सम्बन्धन प्राप्त गरेको हो।

एसोसिएसन अफ अलाईन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट १०३४ नेपाल अन्तर्गत यस क्लबले सम्बन्धन पाएको हो। एसोसिएसन अफ एलायन्स क्लब्स इन्टरनेसनलका गभर्नर जनक भुसाल, एलायन्स क्लब अफ सिटीजनका भाईस गभर्नर अर्जुन गिरीको विशेष उपस्थितिमा इन्सिटीलेसन कार्यक्रम सम्पन्न भएको हो।

सिंचाई
Forest
Ad.

कार्यक्रममा प्रमुख अतिथी मुसिकोट नगरपालिका उपप्रमुख गंगा श्रेष्ठ, मुसिकोटमा कृयाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, सुरक्षाकर्मी, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो।

केही समय पहिले रामकृष्ण कंडेलको अध्यक्षतामा १५ सदस्यीय एलायन्स क्लब गठन गरिएको थियो। संस्थाको नियमानुसार केन्द्रबाट सम्बन्धन लिनुपर्ने भएकोले क्लबले उक्त कार्यक्रम आयोजना गरेको हो। यस क्लबको कार्य समितिमा उपाध्यक्ष नारायण सापकोटा, उपाध्यक्ष भुपेन्द्र रायमाझी, उपाध्यक्ष चन्द्र खरेल, सचिव विमल छन्तेल, कोषाध्यक्ष प्रविना परियार, अन्तराष्ट्रिय सम्पर्क अधिकृत डिल्लीराज अर्याल, सदस्यहरु रेशम कुँवर, धर्मेन्द्र नेपाली, अमर रेश्मी, सुन्दर प्रधान, लेखनाथ कंडेल, महाविर बस्नेत, कल्पना घिमिरे, सरस्वती घिमिरे र बोर्ड अफ डाईरेक्टरमा कृष्ण विश्वकर्मा चयन हुनुभएको छ।

एलायन्स क्लब अफ गुल्मी मुसिकोटले अब छिट्टै कार्ययोजना तयार गरी कामलाई अगाडी बढाउने, सल्लाहकार समिति बनाउने, कामका विभाग प्रमुखहरू तोक्ने अध्यक्ष रामकृष्ण कंडेलले बताउनुभयो।

Awareness by SKF

अभुतपुर्व ढंगले कार्यक्रम सम्पन्न भए पश्चात सबैलाई धन्यवाद दिदै सचिव बिमल छन्तेलले भन्नुभयो, ‘जिन्दगी चुनौतीहरुको चाङ्ग हो।नयस्ता चुनौती भोलिका दिनहरुमा अझ बढेर आउने छन र सफलतापुर्वक ती चुनौतीहरु पार गरिनेछ भन्ने विश्वास पनि लिएको छु। यस क्लबलाई आर्थिक ,भौतिक, नैतीक र वैचारिक रुपमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरुप्रति हार्दिक नमन र सम्मान प्रटक गर्न चाहन्छु।’ उहाँ अगाडी भन्नुहुन्छ, ‘आजको कार्यक्रम अन्तिम होइन सुरुवाती हो। धेरै कति गर्न सकिन्छ यो आगामी १ बर्षे कार्यकालमा हेर्दै जाउ गर्दै जाउ तर नराम्रो पक्कै हुने छैन गरिने छैन यो प्रतिवद्धता पनि व्यक्त गर्दछु।’

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो