Hi-Speed Computer

Awareness Campaign

बडागाउँ सा. ग्रा. विद्युतीकरण उपभोक्ता समूहको वार्षिक साधारण सभा मुसिकोट-३, तोलादीमा सम्पन्न



दिलु केसी
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: बडागाउँ सामुदायिक ग्रामीण विद्युतीकरण उपभोक्ता समूह, मुसिकोट नगरपालिका-३, तोलादी एकाईको वार्षिक साधारण सभा आज मुसिकोट नगरपालिका-३, तोलादीमा सम्पन्न भएको छ।

सभा बडागाउँ सामुदायिक ग्रामीण विद्युतीकरण उपभोक्ता समूह, बडागाउँका अध्यक्ष हरि प्रसाद छन्तेलको अध्यक्षता र वडा नं. ३ का वडाध्यक्ष शंकर बहादुर रायमाझीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। यसैगरी मुसिकोट नगरपालिका-३ का पुर्व वडा सदस्य गणेश कुँवर मगर आदिको विशेष आतिथ्यता रहेको थियो। सभामा बडागाउँ सामुदायिक ग्रामीण विद्युतीकरण उपभोक्ता समूहका उपभोक्ता उपस्थिति रहेको थियो।

सभाको दोस्रो सत्रमा अध्यक्षको प्रतिवेदन र लेखा प्रतिवेदन माथि छलफल, टिकाटिप्पणी र अनुमोदन गरिएको थियो। अध्यक्षले सभामा उठेका प्रश्न, गुनासो र टिकाटिप्पणीको प्रत्युत्तर सहित धन्यवाद मन्तव्य राख्नुभएको थियो। अतिथीहरु अर्जुन परियार, झविलाल भण्डारी र वडाध्यक्ष शंकर बहादुर रायमाझीले शुभकामना मन्तव्य राखेका थिए।

Forest
Forest
Ad.

सभामा बोल्दै यस समूहलाई सहकारीमा परिणत गरिने अध्यक्ष हरि छन्तेलले बताउनुभयो।

वार्षिक साधारण सभामा अनुमोदनको लागि निम्न प्रस्तावहरु प्रस्तुत गरिएको थियोे:

१. अध्यक्षको तर्फबाट प्रस्तुत आ.व. ०७९/०८० को प्रगति तथा आ.व. ०८०/०८१ को प्रस्तावित बजेट तथा भावी कार्यक्रम अनुमोदन सम्बन्धमा।

२. लेखा संयोजकको तर्फबाट प्रस्तुत आ.व. ०७९/०८० को आर्थिक प्रतिवेदन अनुमोदन सम्बन्धमा।

Awareness by SKF

३. प्रणाली सुदृढिकरण कार्यक्रम अन्तर्गत ५० के.भि.ए. क्षमताका ६ थान ट्रान्सफर्मर, ६९६ थान एलटी स्टिल पोल, घना बस्ती क्षेत्रमा फेज थप र लाइन विस्तारका लागि ने.वि.प्रा. सामुदायिक विद्युतीकरण विभाग काठमाडौँमा प्रस्ताव पेश गर्ने सम्बन्धमा।

४. प्रणाली सुदृढीकरण कार्यक्रमका लागि जम्मा अनुमानित लागत रकमको १० प्रतिशत ले हुन आउने रकमको ५० प्रतिशत बराबरको रकम सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघको आवर्ती कोष व्यवस्थापन समितिबाट ऋण माग गर्ने सम्बन्धमा।

५. सहकारी ऐन २०७४ अन्तर्गत मुसिकोट नगरपालिकामा बडागाउँ सामुदायिक विद्युत सहकारीको नामबाट संस्था दर्ता गर्ने सम्बन्धमा।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

दिलु केसी को बारेमा

दिलु केसी गुल्मीका क्रियाशील पत्रकार हुन। केसी रेडियो पुष्पाञ्जली, नवखबर डटकम, ओझेलका खबर डटकम आदि मिडियामा आवद्ध छन्।

दिलु केसी द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →