Smoking Causes Cancer

अचार व्यवसायबाट आत्मनिर्भर बन्दै महिला



सुमित्रा कंडेल
२ वर्ष अगाडि


Place for ads

पाल्पा: सरकारी तथा गैरसरकारी निकायको आयोजनामा बेलाबखत सीपमूलक तालिम र कार्यक्रम हुन्छन्। ती कार्यक्रममा सहभागी भएकाहरू कतिले सीप उपयोग गरे वा गरेनन् भन्ने लेखाजोखा कमै सङ्ख्यामा हुने गरेको छ। पाल्पाको तानसेन नगरपालिका-९, अम्लिहानका पुष्पा श्रेष्ठ भने सीप सिकेर आत्मनिर्भर बन्नुभएको छ।

५ दिने अचार बनाउने तालीम लिएपछि उद्यमशील र आत्मनिर्भर बन्ने लक्ष्यका साथ पुष्पाले अचार उद्योग सञ्चालन गर्नुभएको छ । मासिक ३० हजार हाराहारी रकमको अचार बिक्री हुने गरेको छ। २ वर्ष देखि उद्योग सञ्चालन गर्दै आउनुभएका उहाँले सीप र जाँगर भए नेपालमै राम्रो आम्दानी गर्न सकिने बताउनुहुन्छ।

सिंचाई
Forest
Ad.

उहासंगै अन्य तिन जना महिला पनि उद्योगमा आवद्ध छन्। सोहि उद्योगमा कार्यरत मिना सिंजाली पनि अचार उत्पादन बिक्रीबाट आत्मनिर्भर बन्नुभएको छ। अहिले ५ प्रकारका अचार बिक्रीका लागि राख्ने गर्नुभएका उहाँले सुरुमा २५ हजार रुपैयाँ लगानी गर्नुभएको थियो। गाउँमै उत्पादित कच्चा पदार्थबाट अचार बनाउने गरिएको छ । तौल अनुसार एक सय ३० देखि ५०० रुपैयाँ सम्ममा अचारका डिब्बा बिक्री गर्नुहुन्छ ।

तानसेन नगरपालिका वडा नम्बर ९ का अध्यक्ष राजेशकुमार अर्यालले विभिन्न उधम ब्यवसाय गर्न चाहानेसँगै वडाले हातेमालो गरेको दाबी गर्नुहुन्छ । कृषिमा आधारित लघु उद्यमको स्थापना र विकासमा आफूले पनि प्रोत्साहन गरेको उहाँको भनाइ छ।

पुष्पाले सञ्चालन गरेको उद्योगबाट उत्पादन गरेको अचार सोचेजती बिक्री भने हुन सकेको छैनन् । अहिले पुष्पाको अचार उद्योगमा ३ जना अरु महिलाले रोजगार पनि पाएका छन् । अचारको बजारीकरणमा समस्या भएकोले स्थानिय सरकारले सहयोग गर्नुपर्ने उनिहरु बताउछन।महिला उद्यमीलाइ प्रोत्साहन गर्न स्थानिय सरकारले महिला लक्षीत कार्यक्रममा जोड दिनुपर्ने देखिन्छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

सुमित्रा कंडेल को बारेमा

सुमित्रा कंडेल ओझेलका खबर डटकमको सह-सम्पादक तथ पाल्पा जिल्ला संवाददाता हुन। कंडेल रेडियो मदनपोखरामा पनि कार्यरत छिन्।

सुमित्रा कंडेल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →