Clean Water Campaign

Awareness Campaign

‘सचिन पुन बचाऔँ अभियान’ अन्तर्गत चेक रिपब्लिक र जापानबाट संकलित रकम हस्तान्तरण (भिडियो सहित)



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: ‘सचिन पुन बचाऔँ अभियान’ अन्तर्गत चेक रिपब्लिक र जापानबाट संकलित रकम हिजो (शनिबार) बिरामी सचिन पुनको परिवारलाई हस्तान्तरण गरिएको छ।

उनको कारुणिक अवस्था देखेर रोजगारीको शिलशिलामा चेक रिपब्लिकमा रहेका ऋषिराम गिरी, विशाल अधिकारी, लक्ष्मी सारु मगर र वसन्त घिमिरेको पहलमा सञ्चालित ‘सचिन पुन बचाऔँ अभियान’ मार्फत संकलित रकम ने.रु. २,८४,१२३/- (अक्षरुपी दुई लाख चौरासी हजार एकसय तेइस) र दिपक कुँवर मगरको पहलमा जापानबाट संकलित ने. रु. १,७९,३२२/- (अक्षरुपी एक लाख उनासी हजार तीन सय बाइस) हस्तान्तरण गरिएको थियो। हिजो (शनिबार) उनकै निवासमा पुगी बिरामी सचिन पुनकी आमा सावित्रा पुनलाई हस्तान्तरण गरिएको हो।

मुसिकोट नगरपालिका-४, गजुङ्गाका सचिन पुन मुटु सम्बन्धी रोगले थलिएर सहिद गंगालाल हृदयरोग केन्द्रमा उपचाररत छन्। अस्पतालको रिपोर्ट अनुसार उनको शल्यक्रिया (अपरेसन) गर्नुपर्नेछ। तर परिवारको दयनीय आर्थिक अवस्थाका कारण उपचारमा बाधा उत्पन्न हुने अवस्था सिर्जना भएकोले आर्थिक सहयोगको अपिल गरिएको थियोे।

सिंचाई
Forest
Ad.

अभियानका सञ्चालक ऋषिराम गिरी र दिपक कुँवर मगरले भन्नुभयो, ‘सचिन पुनको जीवन रक्षार्थ आर्थिक सहयोग उपलब्ध गराउनुहुने सम्पूर्ण सहयोगदाता महानुभावहरुलाई हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछौँ। सो सहयोग रकम बिरामी सचिनको उपचारार्थ सदुपयाेग हुने कुरामा विश्वस्त रहेको जानकारी गराउन चाहन्छौँ। भाई सचिन पुनको पूर्ण स्वास्थ्य लाभको कामना पनि गर्दछौँ।’

थप जानकारीका लागि भिडियो रिपोर्ट हेर्नुहोस्:

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो