Salime Malika Krishi Farm

Awareness Campaign

मलद्वारविहिन बालकलाई उपचारमा समाजसेवी पाण्डेको सहयोग



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

सन्तोष महतारा, गुल्मी: गुल्मीमा आर्थिक अवस्था कमजोर भएर उपचार नपाएका मलद्वारबिहिन बालकलाई उपचारका लागि काठमाडौं पठाइएको छ । गुल्मीका समाजसेवी तथा अगुवा रक्तदाता धुव्र पाण्डेको सहयोगमा बिरामी बालकलाई उपचारका लागि पठाइएको हो ।

जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर १४ रातामाटाका बाबुराम बिक र कमला बिकका सात वर्षीय छोरा आशिष बिकको जन्मदेखि नै मलद्वार थिएन । कम्मरको बायाँ तर्फमा प्वाल बनाएर दिसा गर्दै आएका आशिषको आर्थिक अवस्था कमजोर भएका कारण उपचार हुन सकेको थिएन ।

आशिषलाई उपचारको लागि गत कार्तिकमा गुल्मी अस्पताल ल्याइएको थियो । त्यस क्रममा रक्तदाता समाजसेवी धुव्र पाण्डेले बालकको अवस्था देखेपछि आफ्नै पहलमा उपचार गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले उपचारका लागि काठमाडौं मोडल अस्पतालमा लाग्ने करिब छ लाख रुपैयाँ सहजीकरण गरी जुटाएका छन् । १२ पुस २०७४ मा घरमै जन्मिएका आशिषको मलद्वार नै थिएन । उनको मूत्रनली पनि सामान्य छैन् । जसले आर्थिक अवस्था कजोर भएपछि हालसम्म उपचार पाउन सकेका थिएनन् ।

सिंचाई
Forest
Ad.

रक्तदाता समाज नेपालका केन्द्रीय सदस्य समेत रहेका गुल्मीका अगुवा समाजसेवी धुव्र पाण्डेले रक्तदाता समाज न्यूरोड शाखा काठमाडौंका अध्यक्ष केदारप्रसाद न्यौपाने र समाजसेवी मेगा तिमिल्सिनालाई आग्रह गरी बिरामी बालकको उपचार गरिदिने भएका हुन् । सोमबार गाडी भाडा पाँच हजार रुपैयाँ नगद सहयोग गरी पाण्डेले बिरामीलाई काठमाडौं पठाएका छन् । अस्पतालले अप्रेसन गर्ने दिन पाण्डे आफै काठमाडौं पुगेरै सहजीकरणसहित सहयोग गर्नेछन् ।

बिरामी आशिषकी आमा कमला बिकले अस्पतालमा धुव्र पाण्डे भेटिएकोमा भगवान् नै भेटिए सरह मानेकी छिन् । उनले आर्थिक अवस्था कमजोर भएर उपचार नपाएर दुःख पाइरहेका बेला सहयोग गर्ने सयोगी पाण्डे भेटिएको बताइन् । उनले वडा, नगर, अस्पताल र काठमाडौं सम्मै पुगेर सहयोग गरेकोमा धन्यवाद दिँदै उपचारमा लाग्ने खर्च जोहो गरिदिएकोमा आभार प्रकट गरिन् । कमला श्रीमान् बाबुराम भारतमा रोजगारी गर्थे । हाल उनी घरमै छन् भने उपचारका लागि काडमाडौं प्रस्थान गरेका छन् । बाबुराम र कमलाको दोस्रो सन्तान पनि गत वर्ष भदौमा मलद्वारबिहिन जन्मिएको र आठ दिनमा मृत्यु भएको थियो ।

तम्घासमा पाल्पाली फेन्सी समेत संचालन गर्दै आएका समाजसेवी धुव्र पाण्डेले बालकको अवस्थाका कारण आफूले सहयोग गरेको बताए । ‘अस्पतालमा बिरामीलाई मलद्वारबिहिन अवस्थामा छटपटाइरहेको देखेपछि सहयोगको प्रतिबद्धता गरें’ पाण्डेले भने, “अहिले उपचारका लागि पठाउन सफल भएको छु, अप्रेसनमा म आफै पुग्छु ।” पाण्डेले आर्थिक अवस्था कमजोर भएर बिरामीले खेप्नुपरेको सास्ती देखेपछि आफैं जिम्मा लिएर सहयोग गरिरहेको बताएका छन् ।

पाण्डेले गुल्मी अस्पतालमा आएका बिरामीलाई रगत आवश्यक परेमासहयोग गर्दै आएका छन् । उनले स्थानीय तथा सरोकारवालासँग सहजीकरण गरेर रगतको पूर्ति गर्ने गर्छन् । बिरामी बिकलाई उपचारका लागि केही राहात होस् भन्ने हेतुले रेसुंगा नगरपालिकाले १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो