Clean Water Campaign

Awareness Campaign

गुल्मेली गायक तथा सर्जक बैकुण्ठ रायमाझीलाई एक्टिभ म्युजिक अवार्ड



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: ‌वामी-विश्व सम्पर्क मञ्च, नौमती सांस्कृतिक समितिले २०७६ सालको दीपावलीको पावन अवसरमा निर्माण गरेको गुल्मेली सोरठीले राष्ट्रिय अवार्ड जित्न सफल भएको छ। वरिष्ठ गायक इन्द्र जिसी, रामचन्द्र चन्द र शर्मिला गुरुङको स्वर र बैकुण्ठ रायमाझीको शब्द रचना रहेको सोरठी गीतले उत्कृष्ट शब्द रचना विधामा दशैँ तिहार फेस्टिभल म्युजिक अवार्ड जित्न सफल भएको हो।

एक्टिभ म्युजिक प्रा.लि. द्वारा काठमाडौंमा आयोजित बृहत कार्यक्रमको बिच ट्रफी, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिएको हो। गुल्मेलीहरुका लागि गर्व र खुसीको कुरा त के छ भने यस गुल्मेली सोरठीले गत शैक्षिक सत्रबाटै त्रिभुवन विश्वविद्यालयको स्नातक तहको अंग्रेजी कोर्समा स्थान पाएको छ। त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत ऐच्छिक अंग्रेजी (English Major) विषय भित्र स्नातक तह तेस्रो वर्षको ENGL 425: Visual Arts शिर्षकको पेपरको Unit-2: Dance भित्र पाठ्यसामग्रीको रूपमा त्रि.वि.का सम्पूर्ण क्याम्पसहरूमा पठनपाठन भइरहेको छ।

वामी-विश्व सम्पर्क मञ्च, नौमती सांस्कृतिक समितिका महासचिव लोक सर्जक हेमनाथ खराल भन्नुहुन्छ, ‘बहु विधामा निरन्तर कर्मगर्ने कर्मविर बैकुन्ठ रायमाझीज्यूले जीवनका विभिन्न प्रगतिहरु बिच अर्को एउटा प्रगतिको इटा थप्नु भएको छ। यो हामी सबैको लागि खुसि र गर्वको कुरा हो।’

सिंचाई
Forest
Ad.

गुल्मीको वामीमा जन्म भई लामो समयदेखि चेक गणतन्त्रलाई कर्मथलो बनाउँदै आउनुभएका रायमाझीले नेपाली मौलिक लोक गीत र संस्कृतिको संरक्षण र प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुर्याउदै आउनुभएको छ। विश्वभर छरिएर रहेका वामेलीहरुलाई एकत्रित गर्दै वामी-विश्व सम्पर्क मञ्च नामक संस्थाको स्थापना गरेर परोपकारी कार्यका साथै संस्कृति संरक्षण र प्रवर्द्धनका कार्यमा सक्रिय रहँदै आउनुभएको छ।

उहाँकै नेतृत्वमा वामी-विश्व सम्पर्क मञ्च, नौमती सांस्कृतिक समितिले लोपोन्मुख नौमती बाजाको संरक्षण गर्ने उद्देश्यले गुल्मी मै पहिलोपटक वामीमा हरेक दुई वर्षमा कोजाग्रत पूर्णिमाको पर्सिपल्ट नौमती महोत्सवको आयोजना गर्दै आइरहेको छ। उहाँको स्वर, शब्द र अभिनय रहेका थुप्रै गीतहरु पनि सार्वजनिक भइसकेका छन्। उहाँका अधिकांश सिर्जनाहरु उहाँको आफ्नै युट्युब च्यानल सेरोफेरो नेपालमा हेर्न पाइन्छ।

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

,

तपाईलाई यो खबर कस्तो लाग्यो