Place for ads

Awareness

बुटवलको मितेरी सहकारीले शैक्षिक क्षेत्रमा समेत लगानी गर्दै



प्रेम सुनार
५ महिना अगाडि


Place for ads

बुटवल: रुपन्देहीको बुटवल-११, दुर्गानगर स्थित स्थापित श्री मितेरी बहुउद्देश्यीय सहकारी संस्थाले शैक्षिक क्षेत्रमा समेत हात हाल्न सुरु गरेको छ उसल्र मन्टेश्वरी विद्यालय संचालनमा ल्याउन लागेको हो। सोमबार त्यस सहकारीको ११ औँ स्थापना दिवस तथा स्वर्गीय लिला अर्यालको ५५ औँ जन्म जयन्तीको अवसरमा मन्टेश्वरी विद्यालय संचालन गर्ने घोषणा गर्दै प्रदेश प्रमुख अमिक शेरचनद्वारा विद्यालय भवनको शिलान्यास समेत गराईएको छ।

त्यस सहकारी संस्थाकी परिकल्पनाकार स्वर्गीय लिला अर्यालको स्मृति स्थापना गरिएको सिमली फाउन्डेसनको प्रायोजनमा आयोजित समारोहमा रक्तदान कार्यक्रममा सहभागी र सहकारीलाई विभिन्न क्षेत्रबाट योगदान पुराउने महानुभावलाई प्रमुख अतिथि प्रदेश प्रमुख शेरचन र साबित्रा देवि अर्यालको हातबाट सम्मान गरिएको थियो।

Get Vaccinated

सहकारी संस्थाका अध्यक्ष महेन्द्रराज शर्मा अर्यालले स्थापनाकालको स्मरण गर्दै भने मेरो श्रीमति लिलाले आज भन्दा ११ बर्ष अघि भान्छा कोठामा म सङ्ग सहकारी खोल्न प्रस्ताव राखिन । मैले केहि साथिहरुलाई प्रस्ताव राखे टिप बहादुर क्षेत्री र राजकुमार बुढा मगरले एक हजार संकलन गरेर बयोना गरियो , यसरी एक हजार बाट सुरु सहकारी ८ करोडको पुजी संकलन गर्न सफल भएको छ । सोहि संस्थाले र मन्टेश्वरि स्कुल खोलेर मजुवा क्षेत्रबाट बसका बस बालबालिका टाढाको स्कुलमा पठाउनु पर्ने बाध्यताको अन्त्य गर्ने महान अभियान हाक्न थालिएको छ । उनले थपे मन्टेश्वरि स्कुल जन्माउनु हामी सबैले शिशु जन्माउदाको प्रश्वा पिडा खेप्नु जस्तै हो । अहिले हामी प्रश्वा पिडामा छौ । बिशेषत तपाईं महिला शेयर सदस्यले मन्टेश्वरि नामको शिशु जन्माउनु हुन्छ भन्ने मैले बिश्वास लिएको छु । उनले देशकै मन्टेश्वरि स्कुल बनाउने र भविष्यमा माध्यमिक तह सम्म पुराउने लक्ष्य लिईएको बताए।

अर्यालले मुनाफ रहिय मन्टेश्वरि बिध्यालयमा सशुल्क पढाई हुने र अति असहाय परिवारका बालबालिकाहरुलाई निशुल्क पढाउने लक्ष्य समेत रहेको बताए।

समारोहलाई प्रमुख अतिथि प्रदेश प्रमुख शेरचनले सम्बोधन गर्दै सहकारीहरुले जनता प्रति गर्न नसकेको काम गरेको , गरिवको जिवन परिवर्तनमा कैयौ उदाहरिणिय काम गरेको तर दुई चार वटा सहकारीका मानिसहरुको कमाउ धन्दाले सबै सहकारी प्रति नकारात्मक असर पर्न जानु दुखद भएको बताए । उनले भने यस मितेरी सहकारीलेको काम हेर्नुस , लेखापरीक्षण लगायतमा देखिएको पारदर्शीता हेर्नुस खोट लगाउने कतै ठाउँ छैन।

Awareness by SKF

कार्यक्रममा बिशेष अतिथि बुटवल उपमहानगर पालिका उपप्रमुख अर्यालले सहकारी मण्टेश्वरि स्कुल चलाउनु सर्हानिय पक्ष हो । तर बोर्डिङ्ग्को पाराले चलाईयो भने उपमहानगर पालिकाले असहयोग गर्ने छ , सर्वशुलभ गरियो भने साथ र सहयोग अबश्य रहने छ । कार्यक्रममा कार्यपालिका सदस्य यम बहादुर सुनारले पनि मन्तव्य राखेका थिए।

त्रिदिवसीय बार्षोकोत्सव कार्यक्रम रहेकोमा पहिलो दिन उपचार सहितको निशुल्क दन्त स्वास्थ्य सेवा र रक्तदान , दोश्रो दिन बृक्ष रोपण सहित दिप प्रज्वलन र सोमबार बार्षिकोत्सव बिशेष कार्यक्रम र बिध्यालय भवनको शिलान्यास कार्यक्रम राखिएको हो।

समारोहमा मुख्य आकर्षण भजन मण्डलिको प्रस्तुति रहेको थियो । पुर्खेयौलि घर गुल्मीको सिर्सेनि हो । अर्यालकि स्वर्गिय श्रीमति लिला अर्यालको स्मृतिमा स्थापित सिमलि फाउन्डेसनले आफ्नो पुर्ख्यौलि गाउँ सिर्सेनिमा शिक्षा , स्वास्थ्य र धार्मिक सहित विभिन्न सामाजिक क्षेत्रमा बर्षेनि लाखौ खर्चिदै आएका छ्न । संस्थाका अध्यक्ष अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष नेपालीको स्वागत मन्तव्य र संस्थाकि संचार बिज्ञ रिमा बिसिको संचालन रहेको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →