Hi-Speed Computer

Awareness Campaign

गुल्मीका पत्रकार मोहन बस्नेतले विवाहको भोजको सट्टा दिए स्वास्थ्य सेवा



प्रेम सुनार
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: केहि बर्षयता बिवाह निकै भड्किलो बन्दै गएको छ । ग्रामिण भेगमा समेत शहरिया शैलीको विवाह गरिदा ५ देखि १० लाख सम्म खर्चिएको समेत पाईएको छ । यस्तो अबस्थामा गुल्मीका एक जना पत्रकारले आफ्नो विवाह भोजको खर्च कटौती गरी गाउँवासीलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरेका छन ।

जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँ निवासी पत्रकार तथा देशकै चर्चित युट्युवर मोहन बस्नेतले भड्किलो बिवाहलाई निरुत्साहित गर्न र समाजलाई सकरात्मक संन्देश दिन आफ्नो गाउँमा निशुल्क स्वास्थ्य सेवा प्रदान गरेका हुन् । शनिवार त्यस गाउँको भाडगाउँ माविमा बस्नेतको युट्युव च्यानल नेपाल अपडेट मिडियाद्धारा आयोजित निशुल्क स्वास्थ्य शिविरमा त्यस वडाका मात्र नभई सदरमुकाम तम्घासमा बसोबास गर्ने जिल्लाका विभिन्न गाउँका सयौं मानिसहरुको भिड थियो ।

निशुल्क ईसिजी , रगत परिक्षण र भिडियो एक्सरे र बिशेषज्ञ डाक्टरहरुको सहितको शिविरमा लु्म्बिनी प्रादेशिक अस्पताल बुटवलका स्त्रीरोग बिशेषज्ञ डाक्टर नविन तिरुवा , कन्सल्टेन फिजिसियन डाक्टर शम्भु खनाल , हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डाक्टर रमेश अर्याल र टाउको तथा मनोरोग बिशेषज्ञ डाक्टर आशिम रेग्मी सहितका स्वास्थ्यकर्मीहरुले सेवा दिई रहेका थिए ।

Forest
Forest
Ad.

बुटवल कै हाम्रो पोलिक्लिनिकको प्राविधिक सहयोगमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा विपन्न वर्गका विरामीहरुले पत्रकार बस्नेत प्रति कृतज्ञ हुँदै खुशीका आशुँ खसाई रहेका थिए ।

शिविरमा उनै बस्नेतले युट्युव मार्फत चर्चामा ल्याएकी अर्जै गाउँकी डल्ली आमा पनि आएकी थिईन । भड्किलो बिबाह बन्दै गईरहेको बेला पत्रकार बस्नेतले सकरात्म सन्देश दिने गरि विवाहको भोजको सट्टा स्वास्थ्य सेवा दिएको प्रति त्यस वडाका वडाध्यक्ष बाबुराम खत्रीले धन्यवाद दिए ।

मंङसिर १३ गते सदरमुकाम तम्घासकी सरु आचार्य संग बुटवलको शिद्धबाबा मंन्दिरमा विवाह गरी भोज–भतेर नगरेका बस्नेतले भड्किलो विवाह होईन , त्यसको सट्टा मानविय सेवा गर्रौं भन्ने उद्देश्य श्यास्थ्य सेवामा लगाएको बताए । उनकी नवदुलही सरु भन्छिन – हामी दुई बिच सल्लाह भयो , भोज भतेरमा लाखौ खर्चेर भन्दा ग्रमिण समाजमा स्वास्थ्य शिवा दिदा आशिवार्द मिल्छ भनेर स्वास्थ्य शिविर राखिएको हो । विवाहलाई खर्चिलो नबनाउँ , विवाहमा खर्चिने पैसाले सामाजिक क्षेत्रमा योगदान गरौं नव बेहुली सरुको सन्देश छ ।

शिविरको अवलोकन गर्न रेसुङ्गा नगरपालिकाकी उपमेयर अमृतादेवि कुवर सहित विभिन्न वडाका जनप्रतिनिधीहरु पुगेका थिए । हामी शिविरमा छउँञ्जेल करिव तिन सय जना सेवाग्राहीको सहभागिता थियो । विवाह अघि पनि बस्नेतले युट्युवको माध्यमद्धारा विरामी र विभिन्न विपदमा परेका मानिसहरुको उद्धार गर्दै आएका छन । उनि देशभरका युट्वर मध्ये उत्कृष्ट युट्युव च्यान सञ्चालकका रुपमा गत बर्ष सम्मानित भएका थिए ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →