Salime Malika Krishi Farm

Awareness Campaign

सडककी ज्ञानीलाई घरदेखि पहिचानसम्म



प्रेम सुनार
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: आजभन्दा १० बर्ष अघि गुल्मी सिमल्टारीकी ज्ञानी परियार र उनका तीन छोराहरु सडकको बास बारे दर्दनाक रिपोर्टिङ ओझेलका खबरका लागि मैले र सहकर्मी डिबी खड्काले गरेका थियौ। चार जनाको परिवार सिमलटारीको सार्वजनिक शौचालयमा कष्टकर रुपमा बस्दथे।

मागेर खानु पर्ने अवस्था थियो। अहिले जस्तो युट्युब र सामाजिक सञ्जालको पहुँच पनि त्यति बेला थिएन। रेडियोमा उनीहरुको दर्दनाक कथा सुने लगत्तै देशविदेशमा रहनु भएका दयालु मनहरुले सहयोग गर्न थाल्नु भयो। फलतः ११ लाखभन्दा बढी रकम उठ्यो। त्यो रकमलाई सिमलटारीका समाजसेवीहरुले सहि सदुपयोग गर्न महत्त्वपुर्ण भुमिका खेल्नु भयो। अन्ततः सडकको त्यो परिवारलाई माथि गाउँमा भव्य घर, बङ्गला, व्यवस्थित शौचालय र गरि खाने जमिन समेत किनेर सारियो। ओझेलका खबरका त्यस्ता परोपकारी रिपोर्टिङहरु मध्ये त्यो रिपोर्टिङ पनि मेरो सुखद बन्न पुगेको थियो।

त्यति बेला गुल्मी जिल्ला युके समाजले मात्रै साढे तीन लाख बढी सहयोग गरेको थियो। त्यस्तै अन्य संघसंस्था र सयौँ व्यक्तिहरुले सहयोग गर्नु भएको थियो। आज पनि सहयोगी सबै प्रति पुनःस्मरण गर्दै उच्च सम्मान गर्दै सम्मान प्रकट गर्न चाहन्छु। यस अवसरमा सूचना दिने सहकर्मी डिबी खड्का र सिमलटारीका समाजसेवीहरुलाई पनि धन्यवाद दिन चाहन्छु।

सिंचाई
Forest
Ad.

आज किन यतिका बर्षपछि सम्झेँ भने घर जग्गा त दिलाईयो तर बाबुको पत्तो नहुँदा हुर्केर ड्राईभर भइसकेका उनका छोराहरुले नागरिकता पाउन नसक्दा काम पाउन सकेका थिएनन्। यस बारे धेरै पटक जिल्ला प्रशासन संग भन्दै आएका थियौ। फलतः हिजो उनका छोराहरुलाई जिल्ला प्रशासनले नागरिकता दिने बाटो खुलाई दियो र अर्को सुखद क्षणको अवसरमा स्मरण गरेको हुँ।

यस्ता परोपकारी रिपोर्टलाई हामीले निरन्तरता दिदै आएका छौँ। विपदमा परेका मानवको उद्धार सम्बन्धी रिपोर्टिङ नै हाम्रो पहिलो प्राथमिकता हुने नै छ। दयालु मनहरुले पनि त्यसरी नै साथ दिनु हुने नै छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →