Awareness Campaign

बागलुङको बडिगाड गाउँपालिकाले पालिकास्तरीय परिक्षा सञ्चालन गर्ने



सागर भण्डारी
१ वर्ष अगाडि


Place for ads

गुल्मी: बागलुङको बडिगाड गाउँपालिकाले पालिका भित्र सञ्चालित विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्धेश्य सहित पालिकास्तरीय परिक्षा सञ्चालन गर्ने भएको छ।

यसअगाडी विद्यालयहरुले आ-आफ्नै प्रश्नपत्र तैयार गरी आफैले परिक्षा सञ्चालन गर्ने गरेको भएपनि पालिकाभर एकरुपता ल्याउन पालिकाले नै एउटै प्रश्नपत्र तैयार गर्ने र एकैसमयमा परिक्षा लिने गरी कक्षा ४-१० सम्म पालिका स्तरीय परिक्षा सञ्चालन गर्ने तैयारी गरिएको गाउँपालिकाका शिक्षा अधिकृत पूर्ण बहादुर घर्ती मगरले जानकारी दिनुभयो । आइतबार सम्पन्न प्रधानाध्यापकहरुसंग विद्यार्थी मूल्यांकन र अभिलेखिकरण विषय छलफल कार्यक्रमबाट यस्तो निणर्य गरिएको उहाँले बताउनुभयो ।

पालिकाभर रहेका विद्यायलहरुको शैक्षिक गुणस्तरको स्तर पत्ता लगाउने र उत्कृष्ट विद्यालय एवम् शिक्षक विद्यार्थीलाई पुरस्कृत तथा कमजोर विद्यालयलाई पृष्ठपोषण गर्ने उद्धेश्यले यस्तो निणर्य गरिएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो ।

Forest
Forest
Ad.

त्यस्तै बैठकले कोभिड १९ का कारण भएको शैक्षिक क्षति पुरा गर्न परिपूरण कार्यक्रम सञ्चालन गर्ने र जसबाट विद्यार्थीहरुको कमजोरी पत्ता लगाई सुधारका कार्यक्रमहरु गर्ने निणर्य भएको घर्तीले जानकारी दिनुभयो । बैठकले अर्को महत्वपूर्ण निणर्यको रुपमा विद्यालयका कम्प्यूटर शिक्षकहरुका लागि ईमिस, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कर, सञ्चय कोष लगायतका अनलाईन भुक्तानी सहजीकरणका लागि तालिम सञ्चालन गर्ने निणर्य पनि गरेको छ ।

छलफल कार्यक्रममा पालिका भित्र रहेका ६५ वटा सामुदायिक विद्यालय र ३ वटा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो । त्यस्तै गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, उपाध्यक्ष भिमसेन वन, वडा नं ५ का वडाध्यक्ष बिष्णु प्रसाद आचार्य, प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारी, शिक्षा अधिकृत पूर्ण बहादुर घर्ती लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजीकरण खार माध्यमिक विद्यालयका प्रधानाध्यापक यज्ञदत्त घिमिरेले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो