Place for ads

Awareness

अहिलेको ‘तम्घास’ बजार उहिलेको ‘तमघाँस’



ओझेलका खबर संवाददाता
५ महिना अगाडि


Place for ads

अनिल खत्री, गुल्मी: गुल्मी जिल्ला सदरमुकाम तम्घासमा बढदो आधुनिकतासँगै पुराना डिजाइनका घरहरु भत्काएर नयाँ घरहरु निर्माण गर्ने क्रम बढदै गएको छ। कुनै समयका निकै राम्रो मानिएका ढुंगा, माटो, काठ र जस्ता पाता लगायत प्रयोग गरेर निर्माण गरिएका घरहरु तम्घास बजारमा हराउदै जान थालेका छन्।

गुल्मी जिल्ला सदरमुकाम तम्घास बजारको विकाससँगै अहिले पुराना डिजाइनका घरहरु हराउदै जान थालेका छन्। त्यस्ता घरहरु तम्घास बजारमा अहिले केहि मात्रामा मात्रै देख्न सकिन्छ।

Get Vaccinated

अहिले बजार रहेका ती पुराना डिजाइनका घरहरु कुनै समयमा निकै राम्रा मध्येका घर हुन्। आधुनिकताको विकाससँगै अहिले सिमेन्टर, छड, इटा प्रयोग गरेर घरहरु धमाधम निर्माण हुँदै गएका छन्। यसरी निर्माण हुँदा पुराना डिजाइनका घरहरु अहिले हराउदै गएका हुन्। पुराना घरहरु हराएसँगै तम्घास बजारले नयाँ स्वरुप लिएको छ। २००९ साल अघिसम्म तम्घासको पुरै झाडी थियो। त्यसपछि एकदुई पसलबाट अहिलेको तम्घास बजार बनेको स्थानीय ७० वर्षकी देजकुमारी श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठ पूख्यौली घर नै तम्घास हो । उहाँलाई तम्घास बजार पहिले कस्तो थियो भन्ने बारेमा राम्रोसँग थाहा छ । मैले जान्दा झाँडि मात्रै थियो श्रेष्ठले भन्नुभयो,‘ एक दुइवटा घरहरु मात्रै थिए ।’ उ त्यहिँ हाम्रो घर अझै पनि पहिलेकै हो उहाँले भन्नुभयो, ‘छोटो समयमै यस्तो देखियो ।’ पहिले त ढुंगा माटो, काठले बनेका घर थिए, उहाँ भन्नुहुन्छ, ‘अहिले त धेरै परिर्वतन भयो ।’ अहिले त घर घरमा पानी घरघरमा मोटरबाटो आयो, ‘बिगतका कुरा स्मरण गर्दा भावुक पनि बन्नुभयो ।’

तम्घास बजारमा बाक्ला घरहरुसँगै विकास भएको झण्डै ३५ वर्ष मात्रै उहाँको भनाइ छ । त्यो भन्दा पहिले तम्घास लगायत गुल्मीका विभिन्न ठाउँका मानिसहरु भरिया लिएर पाल्पा, बुटवल गएर सामान ल्याएरा खाने गरिन्थ्यो श्रेष्ठले भन्नुभयो, ‘उहिले धेरै जग्गा किनेको भए माला माल भइने रहेछ ।’ ‘उतिबेला जग्गा निकै सस्तोमा मिल्थ्यो, अहिले त कति धेरै मूल्य पर्दो रहेछ ।’ अहिलेको रेसुङ्गा नगरपालिकाको वडानम्बर १, २, ७, ८, ९ वटा वडा मिलेर गुल्मी सदरमुकाम बनेको छ । यहाँको मौसम गर्मी सिजनमा पनि खासै गर्मी हुँदैन।

एकातिर रेसुङ्गा र अर्को तिर अर्जुनको काखमा रहेको तम्घास बजार गुल्मी जिल्लाका लागि महत्वपूर्ण ठाउँ पनि हो । रेसुङ्गा र अर्जुन धार्मिक हिसाबले निकै महत्वपूर्ण क्षेत्र हुन् । यसैका काखमा पर्ने तम्घास बजार पनि सदरमुकाम भएकाले महत्वपूर्ण ठाउँ हो । जिल्लाको सदरमुकाम तम्घास पहिले लक्ष्मीपुर गाउँ पंचायत थियो ।

Awareness by SKF

यस भित्र नयाँ बजार, खानीगाउँ, धागिथुम, भूजेलखर्क, छापटोला, उपल्लो तम्घास, उदिनढुंगा, बागबारे, बाख्रेछेडा लगायतका क्षेत्र भित्र तम्घास रहेको छ । यस ठाउँमा अहिले बाक्ला वस्तीहरु रहेका छन् । यसै ठाउँमा जिल्लाका मुख्य प्रशासन कार्यालयहरु रहेका छन् । तम्घासमा बिशाल ढंगले शहरीकरण भइरहेको छ ।

जिल्ला सदरमुकाम भएकाले मानिसहरुको चहलपहल भइरहने गर्दछ । यहाँ एउटा क्याम्पस र सकारी गरि एक दर्जन जति माध्यमिक विद्यालयहरु रहेका छन् ।

तम्घास तत्कालीन (लक्ष्मीपुर क्षेत्र) गर्मी मौसममा ज्यादै शीतल र रमणीय पनि भएको हुनाले त्यताको लोक भाषामा सो ठाउँलाई तमासा, तमास भन्दा भन्दै तम्घास भएको भन्दछन् । भनिन्छ तम्घासमा पहिले एउटा पानीको तलाउ थियो । तलाउको नाउँ तमास थियो र सो ताल पछि पुरिएर लामो लामों घाँस पलाउँदा तमासघाँस हुँदा हुँदा तम्घास नाम रहन गयो । यो ठाउँ प्राचीनकालदेखि महत्त्वपूर्ण रहेको कुरा विभिन्न आधारबाट पुष्टि हुन्छ ।

डा. टीकाराम पन्थीले आफ्नो खण्डकाव्य “तम्घास“ नाम भएको हो भन्ने लेख्नुभएको छ । सदरमुकाम तम्घासमा २०४० साल तिर पहिलोपटक ट्क्याटर आएको थियो । त्यसपछि यहाँको विकासले झनै गति लियो । ०४३ साल तिर स्थानीय स्तरबाटै विद्युत निकालेपछि थप अर्को विकासक्रम अघि बढ्यो । सदरमुकाम यातायातको साधनसँग जोडिएपछि यहाँका घरहरुसँगै मानिसहरुको पनि जीवन शैली पनि फरक बन्दै गयो । तम्घासमा पहिलो पाल्पा बुटवल पुगेर भरिया मार्फत मासान ल्याए बिक्री गर्ने र केहिले घर खर्चका लागि पनि ल्याउने गरिन्थ्यो ।

COVID-19

गुल्मी जिल्लाबाट घिउ, भटमास, फापर लगेर साटेर नुन, चामल ल्याउने गरेको तम्घास उदिनढुंगाका ६५ वर्षका रामलाल पन्थीले बताउनुभयो । तम्घासबाट बुटवलसम्म ८ देखि १० दिन लगाएर एक वर्ष ६ महिना पुग्ने नुन, चामल ल्याउने गरेको थियौं, पन्थीले भन्नुभयो, ‘बुटवलबाट केहि समय पछि पाल्पा, रिडी, गौडाकोट हुँदै तम्घास बजारमा मै सामान किनमेलन हुन थाल्यो ।’ तम्घास बजार बाँस, खरि लगायतका झाँडि मात्रै भएको पन्थीले बताउनुभयो । बिस्तार हुँदाहुँदै विभिन्न ठाउँबाट आएर मानिसहरुले जग्गा किनबेच गरेपछि बजार बनेको उहाँको भनाइ छ ।

तम्घास बजार बिस्तार हुँदै गर्दा गुल्मी जिल्लासँगै अर्घाखाँचीबाट विभिन्न व्यक्ति आएर व्यपार व्यवसायसँगै घर जग्गाहरु किनबेच गरेकाले यहाँको थप चहलपहल बनेको यहाँका स्थानीयको भनाइ छ । पछि सवारी साधानहरु आउन थालेपछि बजार र पसलहरु थपिदै गए ।

त्यसपछि तम्घास बजार शहर बन्दै गयो । तम्घास बजार पछिल्लो द्धन्द कालमा गाउँगाउबाट मानिसहरु आएर बसेसँगै बजार र मानिसहरुको चहलपहल धेरै नै बढेको स्थानीय ७१ वर्षका खेतबहादुर भलामीले बताउनुभयो ।

भलामी पुख्यौलीदेखि तम्घासमा बस्दै आउनुभएको छ । द्धन्दको त्यो समयमा जग्गाको मूल्य पनि धेरै नै बढेको उहाँले स्मरण गनुभयो । २०४३ साल भन्दा पहिले सुस्त गतिमा बजार र घरहरु बनेका थिए भलामीले भन्नुभयो, ‘द्धन्द कालमा त धेरै नै किनबेच भयो ।’

यहाँ क्याम्पस, स्कुलहरु खुलेसँगै मानिसहरुको चहलपहल बढेको भलामीले बताउनुभयो । जनसंख्या बढेसँगै विभिन्न सुबिधाहरु पनि थपिदै गएको उहाँले बताउनुभयो । भलामीको घर अहिले पनि ढुंगा, माटो, जस्ताले बनेको छ ।

अहिले पनि त्यो घर तम्घास बजारमै उत्कृष्ट रहेको छ । पहिले राजा बस्ने दरबार जस्तो भलामीको घर तम्घास बजारमै छ । यसरी शहरको विकाससँगै अहिले पुराना डिजाइनका घरहरु हराउदै जान थालेका छन् । पुराना डिजाइनका घरहरु चिसो सिजनमा तातो हुने पनि स्थानीयको तर्क रहेको छ । सिमेन्टबाट बनेका घरहरु भन्दा ढुंगा माटोले बनेका घरहरु चिसो सिजनका लागि राम्रो हुँने पुराना पुस्ताहरुको भनाइ छ।

उहिले:

अहिले:

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो